लण्डन । एनआरएनए युके प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदीले एनआरएनए आइसिसीले एनआरएनए युकेका बारेमा हिजो जारी गरेको विज्ञप्तिले आफूलाई दुःखी बनाएको बताएका छन् ।
महेन्द्र कँडेल पक्षीय एनआरएनए युकेको आज लण्डनको उलवीचमा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि प्रा.डा.सुवेदीले विवादित विषयमा विज्ञप्ति जारी गर्नु पूर्व आइसिसीले विधान नहेरेको गुनासो गरे । उनले भने-एनआरएन आइसिसीको हिजोको विज्ञप्तिले मलाई दुःख लागेको छ ।
गतवर्ष युकेमा दुई वटा एनआरएन गठन भएपछि प्रा.डा. सुवेदीको अथक प्रयासले एकता कायम भएको थियो । तत्कालीन आइसिसी अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सहमतिमा सुवेदीले गरेको एकताअनुसार पहिलो वर्ष योगेन्द्रबहादुर क्षेत्रीले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने र अर्को वर्ष महेन्द्र कँडेलले कार्यकारी अध्यक्ष चलाउन सहमति गरिएको थियो ।
तर एनआरएन आइसिसीले हिजो जारी गरेको विज्ञप्तिमा विवादको किनारा नलागेसम्म योगेन्द्रबहादुर क्षेत्रीले नै अध्यक्षको कार्य गर्ने उल्लेख छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. सुवेदीले महेन्द्र कँडेललाई संस्थाको भविष्य तथा नेपाल अनि नेपालीको हितका लागि काम गर्न सुझाव दिए । अहिले युकेमा दुई वटा एनआरएन रहेको भन्ने टिप्पणीलाई सीधै अस्वीकार गर्दै उनले भने – ‘दुई पक्षको कार्यसमिति भन्ने नै छैन । हस्ताक्षर गरेर सहमति गरी हिंडिसकेपछि एनआरएनए युके दुईटा भन्ने प्रश्न नै आउँदैन ।’
आफ्नो पहलमा गत साल गरिएको सहमतिलाई नमान्नेहरुलाई केही आलोचना गर्न चाहन्न भन्दै उनले एनआरएनको भविष्य, नेपाल र नेपालीको हितका लागि एकजुट गराउने प्रयासलाई कहिल्यै नरोक्ने दृढता व्यक्त गरे । आफू कुनै राजनीतिक दलको झण्डा नबोक्ने र विशुद्ध प्राज्ञिक व्यक्ति भएको दोहोर्याउंदै उनले विभाजित समाज देख्न नसकेर धेरै दुःखको साथ गत वर्ष सहमति गराएको उल्लेख गरे । सहमतिप्रति प्रश्न उठाउनेप्रति कडा शैलीमा उनले भने ‘कि अन्धो कि नाबालग कि अनपढ हुनुपर्यो नत्र दस्तखत गरिसकेपछि र एनआरएनको ग्लोबल कन्फ्रेन्सले पास गरेपछि यसको वैधता छैन भन्दा दुःख लाग्यो ।’
एनआरएन युकेमा कुनै विवाद नभएको बताउँदै उनले विषयलाई उछालिएको आरोप लगाए । ‘म मञ्जुर गर्छु भनिसकेपछि बोल्नुको पनि शिष्टता र सीमा हुन्छ । सबैले सहमति गरिसकेपछि अब फेरि केको विवाद ?’ सुवेदीको प्रश्न थियो ।
कुनै पनि संस्थाभित्र मतमतान्तर हुनु नयाँ कुरा नभएको बरु त्यसो गर्दा समाजको शिष्टता र मर्यादा भुल्न नहुने उनले स्मरण गराए । दश वर्षदेखि एनआरएन आइसिसीमा रहेको आफूलाई नै अहिले आलोचना गरिँदा दुःख लागेको उनले बताए ।
उनले एनआरएन युकेलाई नेपाल र बेलायतमा बसिरहेका नेपाली र ब्रिटिश कम्युनिटीलाई सहयोग र हित हुने काम गर्न सल्लाह दिए । एनआरएन भवन र नेपाल हाउस बनाउन पनि उनले अपील गरे ।
स्थानीय एल्थाम क्षेत्रका सांसद क्लाइभ इफोर्डले युकेको विविधतायुक्त समाजमा नेपाली पनि एक रहेको उल्लेख गर्दै नेपालीहरुसित सहकार्य गर्न लालयित भएको बताए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिंखडाले एनआरएन केन्द्रको पत्रका कारण विचलित हुन आवश्यक नरहेको बताए । सो पत्र केन्द्रको नभई कसैको लहडवाजीको उपज भएको आरोप सिंखडाले लगाए ।
लेबोरका ग्रीनवीच क्षेत्रबाट आगामी संसदीय निर्वाचनका लागि उम्मेदवार रहेका म्याथ्यु पेनिकुले नेपाली समुदायको कदर गर्दै एनआरएनएलाई आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महेन्द्र कँडेल अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सूर्य नेम्बाङले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा हृवोन्सोका उपमेयर विष्णु गुरुङ, डा. पुरुषोत्तम पौडेल, आङकल्जङ लामा, यति एसोसिएसनका अध्यक्ष उमेश मोक्तान, एनआरएनए आइसिसी मेम्बर विजन भट्ट, सुरेशजंग शाहले मन्तब्य दिएका थिए ।
कार्यक्रममा विश्वका सबैभन्दा होचा चन्द्रबहादुर डाँगी विशेष आकर्षण रहेका थिए ।
कार्यक्रममा शङकर दाहाल, रेशम शेरचन, ज्ञान शेरचन, राजेन्द्र भट्ट, वाचस्पति रेग्मी र नवीन पोखरेललाई प्रमुख अतिथि सुवेदीले खादा लगाइ सम्मान गरेका थिए ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता