काठमाडौं। नेपाल र श्रीलंका कम्बाइन ११ बीच दोस्रो तीन दिवसीय खेलको दोस्रो दिन १६ विकेट खसेको छ। पहिलो दिनको खेल वर्षाले प्रभावित भएपछि ५ विकेटको क्षतिमा ९५ रनबाट खेल्न थालेको कम्बाइन ११ एक सय ६२ रनमा अल आउट भएको थियो।
नेपालका लागि सोमपाल कामीले पहिलो इनिङमा ४८ रन दिएर ६ विकेट लिएका थिए भने अमृत भट्टराईले तीन र करण केसीले एक विकेट लिए। पहिलो इनिङमा नेपाली टोली १ सय ९३ रनमा अल आउट भयो। श्रीलंकाका लागि प्रभात जयसूर्याले ६९ रन खर्चेर नेपालको ८ विकेट लिए।
केही भाग्यमानी देखिएका ओपनर सुवास खकुरेल र नरेश बुढाऐरले शतकीय पारी खेल्दै राम्रो सुरुवात दिलाएका थिए। तर मध्यक्रमका ब्याट्सम्यानहरुले त्यसलाई निरन्तरता दिन सकेनन्। खकुरेल ५५ र बुढाऐर ४३ रनको व्यक्तिगत स्कोरमा आउट भए । छैटौंनम्बरमा आएका राजेश पुलामीले सम्हालिएर खेले पनि अर्कोतिरबाट लगातार विकेट झरिरह्यो। पुलामी ३६ रनमा अविजित रहे।
पहिलो इनिङ्समा ३१ रनले पछि परेको श्रीलंका कम्बाइन ११ ले दोस्रो इनिङ्स सुरु गरेको छ। दोस्रो दिनको खेल सकिँदा उसले १ विकेटको क्षतिमा १० रन जोडेको छ । नेपालका अमृत भट्टराईले विकेट लिएका हुन्। श्रीलंका अझै २१ रनले पछाडि छ। लन्चपछि केही समय पानीले दोस्रो दिनको रोकिएको खेल पर्याप्त प्रकाश नभएको भन्दै निर्धारित समयअघि नै दिन समाप्तिको घोषणा गरिएको थियो।
पहिलो तीन दिवसीय खेलमा नेपाल पराजित भएको थियो।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने