एसिसी यु १९ प्रिमियर ट्रफि: नेपाल उपविजेता, विश्वकपको ढोका बन्द

काठमाडौं। नेपाल कुवेतमा भएको एसिसी यु १९ प्रिमियर ट्रफीको उप विजेता भएको छ । राउन्ड रोबिन आधारित प्रतियोगिताको उपाधि सबै खेल जित्ने अफगानिस्तान बनेको छ।

शुक्रबार भएको खेलमा अफगानिस्तानसँग ५ विकेटले नेपाल पराजित भएपछि नेपालको उपाधि जित्ने संभावना गणितीय रुपमा मात्रै बाँकी थियो। प्रतियोगिता जित्ने टिमले अगामी वर्ष बंगालादेशमा हुने अन्डर नाइन्टिन बर्ल्ड कपको क्वालिफायर खेल्न पाउने छ।

उपाधिका साथ अफगानिस्तान यु १९ टिम।

उपाधिका साथ अफगानिस्तान यु १९ टिम।

शनिबार भएको अन्तिम खेलमा नेपालले युएइलाई ९४ रनको अन्तरले पराजित गरेको छ । नेपालले राखेको २ सय ५१ रनको लक्ष्य पछ्याएको १ सय ५६ रनमा अल आउट भयो। युएइको टोली ४३ ओभर ३ बलमा आउट भएको थियो।

टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सबैभन्दा बढी ६० र प्रेम तामाङले ५२ रन बनाए । त्यसैगरी शंकर रानाले ४७ र योगेन्द्र सिंह कार्कीले २८ बलमा ३५ रन बनाए । बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३, अर्सद अहमदले २, सौरभ खनाल, आरिफ शेख, सुनिल धमला, सुशील कँडेलले १-१ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री