काठमाडौं। सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकामा जारी दोस्रो तीन दिवसीय खेलमा नेपाल सुदृढ अवस्थामा देखिएको छ ।
धम्बुलास्थित क्रिकेट मैदानमा जारी दोस्रो दिनको खेलमा लन्चसम्म १२ ओभर नेपालले बिना कुनै विकेटको क्षति ३१ रन बनाएको छ।
यसअघि नेपालका कामीले ४८ रन दिँदै ६ विकेट लिएपछि श्रीलंका कम्बाइन ११ एक सय ५८ रनमा अलआउट भएको थियो। अमृत भट्टराईले तीन र करण केसीले एक विकेट लिए। लन्चसम्म सुवास खकुरेल १८ र नरेश बढायर ८ रन बनाएर क्रिजमा रहेका छन्।
श्रीलंका कम्बाइन ११ का लागि लहिरु जयारत्नेले ९५ बलमा ६४ रन बनाएका थिए। पहिलो दिनको खेलमा लन्चपछि वर्षाले प्रभावित भएको थियो
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]