काठमाडौं। कुवेतमा जारी एसिसि यु-१९ प्रमियर ट्रफीमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ। कुवेत सिटीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य अफगानिस्तानले ८४ बल बाँकी हुँदै पुरा गरेको थियो। 
अफगानिस्तानका लागि शहिबुल्लाह कमालले ५९ बलमा ५२ रन बनाएका थिए। चौथो विकेटका लागि शकात जमानसँग ५० रनको साझेदारी गर्दै जीतका आधार तयार पारेका थिए। जमानले २८ रन बनाए। नेपालका तर्फबाट प्रेम तामाङले २ विकेट लिए भने सुनील धमला, सौरभ खनाल र सुशील कँडेलले एक एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरनमा अल आउट हुँदै १ सय ३४ रन बनाएको थियो।
नेपालका लागि योगेन्द्र सिंह कार्कीले सबैभन्दा बढी २३ रन बनाएका छन्। सम्हालिएर ब्याटिङ गरेको नेपालले पहिलो विकेट ३७ रनमा बनाएको थियो। यसैगरी राजु रिजालले २१, सुनिल धमलाले १७, सन्दीप सुनारले १६, सौरव खनालले १३, आरिफ शेखले १० र दीपेन्द्र सिंह ऐरीले नन आउट १३ रन बनाए। अफगानिस्तानले २१ अतिरिक्त रन दिएको थियो।
आफगानिस्तानका लागि रसिद खानले २२ रन खर्चेर ४ विकेट लिए।
प्रतियोगितालाई प्रभावित गर्ने गरी समय उपलब्ध गराएको भन्दै नेपाली टोलीले प्रोटेस्ट गरेको छ। नबाज पढ्न समय चाहिने भन्दै शुरुको एक घण्टा अघि खेल शुरु गरिएको र पारी समाप्त भएपछि बढी समय लिएको थियो। पानीले भिजेको विकेटमा नेपाली बलरहरुलाई फाइदा पुग्ने भन्दै अफगानिस्तानले ढिलो गरेको उल्लेख छ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने