काठमाडौं। कुवेतमा जारी एसिसि यु-१९ प्रमियर ट्रफीमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ। कुवेत सिटीमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य अफगानिस्तानले ८४ बल बाँकी हुँदै पुरा गरेको थियो। 
अफगानिस्तानका लागि शहिबुल्लाह कमालले ५९ बलमा ५२ रन बनाएका थिए। चौथो विकेटका लागि शकात जमानसँग ५० रनको साझेदारी गर्दै जीतका आधार तयार पारेका थिए। जमानले २८ रन बनाए। नेपालका तर्फबाट प्रेम तामाङले २ विकेट लिए भने सुनील धमला, सौरभ खनाल र सुशील कँडेलले एक एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरनमा अल आउट हुँदै १ सय ३४ रन बनाएको थियो।
नेपालका लागि योगेन्द्र सिंह कार्कीले सबैभन्दा बढी २३ रन बनाएका छन्। सम्हालिएर ब्याटिङ गरेको नेपालले पहिलो विकेट ३७ रनमा बनाएको थियो। यसैगरी राजु रिजालले २१, सुनिल धमलाले १७, सन्दीप सुनारले १६, सौरव खनालले १३, आरिफ शेखले १० र दीपेन्द्र सिंह ऐरीले नन आउट १३ रन बनाए। अफगानिस्तानले २१ अतिरिक्त रन दिएको थियो।
आफगानिस्तानका लागि रसिद खानले २२ रन खर्चेर ४ विकेट लिए।
प्रतियोगितालाई प्रभावित गर्ने गरी समय उपलब्ध गराएको भन्दै नेपाली टोलीले प्रोटेस्ट गरेको छ। नबाज पढ्न समय चाहिने भन्दै शुरुको एक घण्टा अघि खेल शुरु गरिएको र पारी समाप्त भएपछि बढी समय लिएको थियो। पानीले भिजेको विकेटमा नेपाली बलरहरुलाई फाइदा पुग्ने भन्दै अफगानिस्तानले ढिलो गरेको उल्लेख छ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने