बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ०६:३६ | UK Time: 01:51

नेपाल साफ महिला फुटवलको सेमीफाइनलमा

वीनेपाली
२०७१ कार्तिक २८ गते १२:३१

काठमाडौं। नेपाल इस्लामावादमा जारी तेस्रो महिला साफ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार जिन्ना रंगशालामा भएको दोस्रो खेलमा आयोजक पाकिस्तानलाई २-० ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

अभ्यासमा रहेको नेपाली महिला फुटबलको राष्ट्रिय टोली। तस्विर सौजन्य: गोल नेपाल डट कम

अभ्यासमा रहेको नेपाली महिला फुटबलको राष्ट्रिय टोली। तस्विर सौजन्य: गोल नेपाल डट कम

समूह ‘बी’ मा रहेको नेपालले बुधबार भएको पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको थियो।

नेपालका लागि अनु लामा र सजना रानाले पहिलो हाफमा गोल गरेका थिए। समूह चरणको अन्तिम खेल नेपालले आइतबार श्रीलंकासँग खेल्ने छ ।

पाकिस्तान र भुटानलाई पराजित गरेर श्रीलंकाले पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । यसअघि भएको प्रतियोगितामा नेपाल दोस्रो भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक