थप ६ कलेजको लाइसेन्स खोसियो, ३ निलम्बित

तस्विर साभारः टप युनिभर्सिटीज् डट कम

तस्विर साभारः टप युनिभर्सिटीज् डट कम

लण्डन । युके भिसा एण्ड इमिग्रेसनले थप ६ वटा कलेजको लाइसेन्स खारेज गरेको छ ।
लाइसेन्स खारेज भएका कलेजहरुमा ३६० जीएसपी कलेज, सेन्टर कलेज अफ स्टडिज, डकल्याण्डस कलेज, लण्डन कलेज अफ फाइनान्स एण्ड अकाउण्टिङ, लण्डन एडुकेटर्स लिमिटेड रहेका छन् । इम्प्रेस कलेजले आफैँ लाइसेन्स फिर्ता गरेको छ ।

लाइसेन्स खारेज भएका कलेजहरुले टियर फोअन्तर्गत नयाँ विद्यार्थीहरु भर्ना गर्न पाउँदैनन् ।

यसैगरी, एसेक्स कलेज अफ म्यानेजमेण्ट एण्ड आइटी लिमिटेड, लण्डन कलेज अफ एडभान्स म्यानेजमेण्ट र युनिभर्सिटी ट्युटोरियल कलेजको लाइसेन्स निलम्बनमा परेको छ ।

युके भिसा एण्ड इमिग्रेसनले हालसम्ममा ५९ वटा कलेजको लाइसेन्स खारेज गरिसकेको छ भने २१ वटा कलेजको लाइसेन्स निलम्बन गरेको छ ।
वर्तमान युके सरकारले आप्रवासीहरुको संख्या घटाउने नीति लिएको छ । सो अनुसार बेलायतमा रहेका नीजि कलेजहरुप्रति सरकारी व्यवहार अनुदार रहने गरेको छ । जसका कारण कैयौँ कलेजहरु बन्द भएका छन् भने हजारौँ विद्यार्थीहरु विकल्प खोज्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री