
लन्डन । जुझारु युवाहरुको एउटा समूहले लन्डनबाट गोर्खा च्यानल शुरु गर्ने भएको छ । अढाइ वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर अर्गनाइजेशनका रुपमा गोर्खा च्यानल प्रसारणको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा जनाइयो । च्यानलले आगामी ७ डिसेम्बरबाट औपचारिक रुपमा प्रसारण शुरु गर्ने बताइएको छ ।
२४ सै घण्टा प्रसारण हुने उक्त च्यानल आइपी टेक्नोलोजी, एप्स् र वेवमार्फत सर्वसाधारणले हेर्न सक्नेछन् । भविष्यमा स्याटेलाइट मार्फत प्रसारण गर्ने सोच समेत सञ्चालकहरुको छ । गोर्खा च्यानलको मार्केटिङमा वाङ तामाङ, प्राविधिकमा अमन गौचन, प्रशासन र पिआरमा दीप राना, प्रोडक्शन हेडमा राजेन्द्र भट्ट र व्यवस्थापनमा विमला सेने छन् ।
पत्रकार सम्मेलनमा कार्यक्रम उत्पादन प्रमुख भट्टले गोर्खा च्यानललाई समुदाय केन्द्रित गरिने जनाए । उनका भनाइमा च्यानलले ५५ प्रतिशत सामाग्री बेलायत केन्द्रित उत्पादन गरेपनि विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुका चासोका विषय पनि च्यानलले समेट्ने छ । नयां प्रविधि प्रयोगमा पोख्त युवा पुस्तालाई च्यानलले बढि प्राथमिकता दिनेछ । उनले नमस्ते युरोप मार्फत विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियाल्न पाएको उल्लेख गर्दै गोर्खा च्यानलमा पनि उनीहरुको भावना समेट्ने जनाए । ‘दर्शकहरुले मलाई नमस्ते युरोपकै जस्तै माया गोर्खा च्यानलमा पनि दिनु हुने विश्वास छ’, भट्टले भने । उनको हाल प्रसारण भइरहेको नमस्ते युरोप एनआरएनमाझ लोकप्रिय छ ।
अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, खाडी मुलुक र बेलायत केन्द्रित गरेर प्रसारण गर्ने चांजोपांजो मिलाइएको विमला सेनेले जनाइन् । सञ्चालकहरुले प्राविधिक, सम्पादक, प्रस्तोता र प्राविधिकहरु बेलायतबाटै राखिने जनाएका छन् ।
प्रविधि संयोजनको जिम्मा लिएका अमन गौचनले च्यानललाई अत्याधुनिक प्रविधिबाट प्रसारण गर्न कुनै कसर बांकी नराखिने जनाए । बजार व्यवस्थापनको अभिभारा लिएका वाङ तामाङले नेपाली समुदायभित्र मात्र नभइ अन्य एसियन समुदायमा समेत गएर मार्केटिङ गरिने जनाए । दीप रानाले अन्य च्यानलभन्दा फरक प्रस्तुति दिन आफूहरु सजग रहेको बताए । उनले बेलायतस्थित नेपाली समुदायका हरेक गतिविधि, मनोरञ्जन, खेलकुद र अन्य विषयलाई च्यानलले प्राथमिकता दिने पनि उल्लेख गरे ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण