काठमाडौं। नेपालले आइसिसी यु–१९ प्रिमियर ट्रफीमा आयोजक कुवेतलाई २ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कुवेत सिटीको दोहा इन्टरटेनमेन्ट ग्राउन्डमा भएको खेलमा ३ सय २६ रनको लक्ष्य पछ्याएको कुवेतले २७ ओभर ४ बलमा अल आउट हुँदै ६३ रनमा समेटिएको छ। कुवेतका तीन ब्याट्स बाहेकका अन्यले दोहोर अंकमा रन बनाउन सकेनन् ।
टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले खराब शुरुवात गरेको थियो।
४ ओभर २ बलमा ३ विकेट गुमाएर संकट परेको नेपाली इनिङका लागि आरिफ शेखले सम्हालेका थिए । इनिङको अन्त्यतिर सौरभ खनाल, दीपेन्द्रसिंह ऐरीले सातौ विकेटका लागि ६ ओभर ५ बलमा ९४ रनको विष्फोट साझेदारी गरेपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५ रन बनायो। २० बल खेल्दै ऐरीले ४८ रन जोडे। ४९ ओभर ५ बलमा रन आउट हुनुअघि ऐरीले चार छक्का र २ चौका प्रहार गरे।
३५ बल खेलेका खनाल ६४ रनमा नट आउट रहे। नेपालका लागि आरिफ शेखले सम्हालिएको ब्याटिङ गर्दै १ सय ११ बलमा ८७ रनको इनिङ खेले । उनले चौथो विकेटका लागि राजु रिजालसँग ९३, पाँचौ विकेटक लागि सन्दीप सुनारसँग ९३ र छैटौ विकेटका लागि सौरभ खनालसँग २७ रनको साझेदारी गरेका थिए। रिजालले ३, सुनारले ४९ बनाए ।
आइतबारको खेलमा नेपालले साउदी अबरविरुद्ध ३ सय २१ रन बनाएको थियो। सो खेलमा साउदी अरब १ सय ९५ रनले पराजित भएको थियो।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने