लन्डन । बेलायतमा स्थापित जातीय संस्थामध्ये शक्तिशाली ठानिएको तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन हुने सम्भावना ‘नजिक’ पुगेको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने अडान लिंदै आएका उपाध्यक्षद्धय ज्ञाम गुरुङ र रामचन्द्र गुरुङ (सूर्जे) मध्ये ज्ञाम गुरुङ एक कदम पछाडि हटेपछि सर्वसम्मत कार्यसमिति चयनको बलियो सम्भावना देखिएको हो । पटक पटकका वार्तापछि शनिवार अवेरसम्म चलेको पूर्व अध्यक्षहरु र इकाइ अध्यक्षहरु सम्मिलित बैठकमा सहमतिमै अध्यक्ष चुन्ने र यसपटक रामचन्द्र गुरुङलाई उक्त अभिभारा दिने मौखिक सहमति बनेको तमुधिं श्रोतले उल्लेख गर्यो । वीनेपालीसंग संक्षिप्त कुरा गर्दै अध्यक्षका दावेदार सूर्जेले अध्यक्ष आफू बन्नेमा करिब ९९ प्रतिशत निश्चित भएको उल्लेख गरे ।
संस्थाको आगामी साता १६ नोभेम्बरमा आठौं कार्यसमितिका लागि मिचेटस्थित तमुधिं भवनमा निर्वाचन तय भएको छ ।
यसअघि फार्नवोरोस्थित गोर्खा प्यालेस् रेष्टुरेन्टमा भएको वरिष्ठ पदाधिकारी एवं सल्लाहकारहरुको बैठकमा समेत दुवै उपाध्यक्षले अध्यक्ष पद नछोड्ने अडान लिएपछि साधारणसभाबाटै टुंगो लगाउने भन्दै बैठक समापन भएको अध्यक्ष कमल गुरुङले जनाए । ‘दुवै जनाको अथक योगदान भएको तथ्य सबैलाई थाहा छ तर सहमतिमै अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो’, गुरुङले भने । उनका अनुसार, संस्थामा आजीवन सदस्यसंख्या एकहजार बढि छ भने साधारण सदस्य समेत उत्तिकै छन् ।
तमुधिं गठनको तयारी हुंदै गर्दा सन् १९९९ देखि नै सक्रिय भएर संस्थामा सामाजिक सचिव, सचिव, महासचिव र दुई पटक उपाध्यक्ष भइ योगदान गरेकाले अब अध्यक्षको जिम्मेवारी वहन गर्न इच्छुक रहेको सूर्जेले बताए ।
उनले तमुधिं भवनको तिर्न बांकी मोर्गेज फ्रि गराउने, आजीवन सदस्य थप्ने, आमा समूह, युवा समूहलाई अझ क्रियाशिल बनाउने र तमु एकतामा विशेष जोड दिने आफ्नो एजेण्डा रहेको समेत जनाए ।
दुई दशक ब्रिटिश आर्मीमा बिताएका ज्ञाम गुरुङको संस्थामा सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारीमार्फत ठूलो योगदान छ ।
(तमुधिं यूकेका गतिविधिबारे यसका वर्तमान अध्यक्ष कमल गुरुङसंगको ताजा अन्तर्वार्ता पनि पढ्न नछुटाउनुहोला)
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु