लन्डन । बेलायतमा स्थापित जातीय संस्थामध्ये शक्तिशाली ठानिएको तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन हुने सम्भावना ‘नजिक’ पुगेको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने अडान लिंदै आएका उपाध्यक्षद्धय ज्ञाम गुरुङ र रामचन्द्र गुरुङ (सूर्जे) मध्ये ज्ञाम गुरुङ एक कदम पछाडि हटेपछि सर्वसम्मत कार्यसमिति चयनको बलियो सम्भावना देखिएको हो । पटक पटकका वार्तापछि शनिवार अवेरसम्म चलेको पूर्व अध्यक्षहरु र इकाइ अध्यक्षहरु सम्मिलित बैठकमा सहमतिमै अध्यक्ष चुन्ने र यसपटक रामचन्द्र गुरुङलाई उक्त अभिभारा दिने मौखिक सहमति बनेको तमुधिं श्रोतले उल्लेख गर्यो । वीनेपालीसंग संक्षिप्त कुरा गर्दै अध्यक्षका दावेदार सूर्जेले अध्यक्ष आफू बन्नेमा करिब ९९ प्रतिशत निश्चित भएको उल्लेख गरे ।
संस्थाको आगामी साता १६ नोभेम्बरमा आठौं कार्यसमितिका लागि मिचेटस्थित तमुधिं भवनमा निर्वाचन तय भएको छ ।
यसअघि फार्नवोरोस्थित गोर्खा प्यालेस् रेष्टुरेन्टमा भएको वरिष्ठ पदाधिकारी एवं सल्लाहकारहरुको बैठकमा समेत दुवै उपाध्यक्षले अध्यक्ष पद नछोड्ने अडान लिएपछि साधारणसभाबाटै टुंगो लगाउने भन्दै बैठक समापन भएको अध्यक्ष कमल गुरुङले जनाए । ‘दुवै जनाको अथक योगदान भएको तथ्य सबैलाई थाहा छ तर सहमतिमै अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो’, गुरुङले भने । उनका अनुसार, संस्थामा आजीवन सदस्यसंख्या एकहजार बढि छ भने साधारण सदस्य समेत उत्तिकै छन् ।
तमुधिं गठनको तयारी हुंदै गर्दा सन् १९९९ देखि नै सक्रिय भएर संस्थामा सामाजिक सचिव, सचिव, महासचिव र दुई पटक उपाध्यक्ष भइ योगदान गरेकाले अब अध्यक्षको जिम्मेवारी वहन गर्न इच्छुक रहेको सूर्जेले बताए ।
उनले तमुधिं भवनको तिर्न बांकी मोर्गेज फ्रि गराउने, आजीवन सदस्य थप्ने, आमा समूह, युवा समूहलाई अझ क्रियाशिल बनाउने र तमु एकतामा विशेष जोड दिने आफ्नो एजेण्डा रहेको समेत जनाए ।
दुई दशक ब्रिटिश आर्मीमा बिताएका ज्ञाम गुरुङको संस्थामा सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारीमार्फत ठूलो योगदान छ ।
(तमुधिं यूकेका गतिविधिबारे यसका वर्तमान अध्यक्ष कमल गुरुङसंगको ताजा अन्तर्वार्ता पनि पढ्न नछुटाउनुहोला)
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा