लण्डन । एनआरएनए युकेका कार्यकारी अध्यक्ष महेन्द्र कंडेलले संस्थाको गतिविधि विपरीत कार्य गरे सहअध्यक्ष योगेन क्षेत्रीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
सहअध्यक्ष योगेन क्षेत्रीले आगामी नोभेम्बर २ मा पत्रकार सम्मेलनका लागि मिडियालाई पत्राचार गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष कंडेलले कारवाही गर्ने बताएका हुन् ।
सहअध्यक्ष क्षेत्रीले आफैले हस्ताक्षर गरेको सहमतिलाई ‘तथाकथित’ भन्दै कार्यकारी अध्यक्षको दावी गरेका छन् । ‘अध्यक्षको अनुमति विना कसैले कार्यक्रम गर्छ भने कारवाहीको भागिदार हुन्छ, त्यसैका लागि अनु्शासन समिति बनाइएको हो’, वीनेपाली डटकमसँग अध्यक्ष कंडेलले भने । उनका अनुसार कार्यसमितिका सबै सदस्यहरु अनुशासनमा बस्नु पर्छ ।
दुई चिरा हुन लागेको एनआरएनए युकेलाई गत २९ सेप्टेम्बर २०१३ सालमा ‘असाधारण एकता सम्मेलन’ मार्फत एकता गरिएको थियो । सहमति अनुसार शुरुको एक वर्ष कार्यकारी अध्यक्ष पद क्षेत्रीले सम्हाल्ने र २९ सेप्टेम्बर २०१४ देखि कार्यकारी अध्यक्ष पद महेन्द्र कंडेललाई क्षेत्रीले हस्तान्तरण गर्नुपर्ने थियो ।
तर एकताको सहमतिमा दोस्रो हस्ताक्षरकर्ताका रुपमा रहेका क्षेत्रीले पद हस्तान्तरणको मिति गुज्रिसकेपछि एक विज्ञप्ति प्रकाशित गरी सहमति नमान्ने बताएका थिए र सहमतिको पहल गर्ने प्रा. डा.सूर्य सुवेदी विरुद्ध पनि सहअध्यक्ष क्षेत्री खनिदै आएका छन् ।
एनआरएनए युके विवादमा एनआरएन अन्तर्राष्ट्रिय परिषद् (आइसिसी)ले छानविन समिति गठन गरेको अपुष्ट समाचार सञ्चार माध्यममा आए पनि यसको स्वतन्त्र पुष्टी हुन बाँकी छ । आइसिसीबाट छानबिन समितिका बारेमा आफूलाई कुनै जानकारी नआएको अध्यक्ष कंडेलले बताए ।
सहअध्यक्ष क्षेत्रीले मंगलबार मिडियामा पठाएको इमेलमा प्रमुख संरक्षक, संरक्षक, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, उपाध्यक्ष र सदस्यहरुलाई उक्त बैठकमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
क्षेत्री पक्षका महासचिव योगकुमार फगामीद्वारा हस्ताक्षरित पत्रमा २ नोभेम्बरमा गरिने भेलामा एनआरएनए युकेले हालसम्म गरेका प्रगति विवरण, गत वर्षको नेतृत्व हस्तान्तरणको चक्रिय प्रणाली, काउन्सिल बैठकका निर्णय कार्यान्वयन तथा आइसिसीले हालै चालेका कदम र आर्थिक पारदर्शिताका बारेमा छलफल गरिने उल्लेख छ । सो भेला लण्डनभन्दा केही टाढाको शहर अल्डरसटमा हुने उल्लेख छ ।
उता, कंडेल पक्षले भने गत वर्षको सहमतिअनुसार एनआरएनए युकेको नाममा भेला, पत्रकार सम्मेलन, बैठक डाक्ने अधिकार मौजुदा कार्यसमितिलाई मात्र हुने उल्लेख गर्दै क्षेत्री पक्षले बोलाएको भेला अवैधानिक हुने दाबी गरेको छ । कंडेलले विधान र सहमति विपरीत डाकिएको सो भेला समयमै रद्द गर्न पनि क्षेत्री पक्षलाई अनुरोध गरेका छन् ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो