
लण्डन । प्रवासी नेपाली मञ्च बेलायतले आयोजना गरेको देउसी भैलो भव्य
रुपमा सम्पन्न भएको छ । लन्डनस्थित ह्यारो बरो फुटवल क्लव हलमा मानिसहरुले खचाखच भरिएको देउसी भैलो, विविध सांगीतिक र चर्चित हांस्यकलाकार मनोज गजुरेलको प्रस्तुतिले सहभागीलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।
आयोजकहरुले अतिथीलाई सयपत्री र मखमलीको माला लगाइदिंदै सेलरोटीले स्वागत गर्दा आफ्नै गाउंठाउंको झल्को दिएको थियो । चुस्त व्यवस्थापन, सुन्दर रुपमा सजाइएको मञ्च र टेवुलहरुले कार्यक्रमको भब्यतालाई अझ आकर्षक बनाएको देखिन्थ्यो । कार्यक्रमको विधिवत शुरुवात कार्यक्रम सचिव मिलन घिमिरेले गरेका थिए । मञ्च अध्यक्ष रामशरण सिम्खडाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै नेपाली सान, मान र पहिचान कायम राख्न प्रवासी नेपाली मञ्च सदैव प्रतिवद्ध र क्रियाशील रहने जनाए ।
प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले प्रवासी नेपाली मञ्चको रचनात्मक क्रियाकलापको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नेपाली नेपालीबीचको एकता अझ मजवुद बनाउने बताए । हांस्यकलाकार मनोज गजुरेलको मोदी अवतार र गजुरेलीय प्रस्तुति, कलाकारद्वय सुजन पराजुली र उज्वल भण्डारीको सांगीतिक माहोलमा पुरै हल हांसेको र नाचेको थियो । मिडिया मैत्री बनाइएको उक्त कार्यक्रमको रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम सफल बनाउन बेलायत स्थत विभिन्न संघ संस्था, व्यवसायी र व्यक्तित्वहरुले सहयोग पुर्याएका थिए । ती सहयोगीहरुलाई कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, मञ्चका अध्यक्ष रामशरण सिम्खडा र गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष महेन्द्र कंडेलले सम्मान गर्दै प्रशंसा पत्र वितरण गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार विश्व आदर्श पण्डित, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु कुल आचार्य (एनआरएनए यूके पूर्व अध्यक्ष), सुष्मा राई, विजन भुट्ट, सुरेन्द्र श्रेष्ठ, पशुपति भण्डारी, बेलायतको विभिन संघसंस्थाका व्यक्तिहरु तथा मञ्चका सल्लाहकार राजेन्द्र पुडासैनी, कृष्ण भट्टराई, डा. कृष्ण रेग्मी लगायतको उपस्थिति थियो । अन्त्यमा कार्यक्रम संयोजक रामजी वरालले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी