लन्डन । पासा पुच गुठी यूकेले शुक्रवार लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावासमा एक कार्यक्रमबीच नेपाल सम्वत मनाएको छ । शुक्रवारबाटै नेपाल सम्वत ११३५ शुरु भएको छ । गत ०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारले यसलाई राष्ट्रिय सम्वत घोषणा गरेको थियो । अहिले त क्यालेण्डरमै नामांकित छ ।
पासा पुच गुठी यूकेका महासचिव शिवजी श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान, तमुधिं यूके अध्यक्ष कमल गुरुङ, मगर संघ यूके महासचिव बम सूर्यवंशी, नेवा दे दवु नेपालका पूर्व महासचिव पवित्र बज्राचार्य लगायतले नेपाल सम्वतको शुभकामना दिंदै नेपाल सम्वत आफ्नो सम्वत बनाउन सबैमा आग्रह गरे । उनीहरुले प्रवासमा रहे पनि आफ्नो मौलिक संस्कृति संरक्षणमा जोड दिंदै नेपाल सम्वत नेवारी समुदायको मात्र नयां वर्ष हो भन्ने जनमानसबीचको भ्रम चिर्न आवश्यक रहेको समेत औंल्याए ।
पासा पुच गुठी यूके अध्यक्ष महन्तबहादुर श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महासचिव शिवजी श्रेष्ठले स्वागत मन्तव्य दिए । कार्यक्रममा गायक विवेक श्रेष्ठले राजामति कुमति… बोलको नेवारी गीत सुनाए भने सुरेश श्रेष्ठले नेवारी नाच देखाए । संयुक्त श्रेष्ठले नेपाल सम्वतको इतिहासदेखि वर्तमानसम्मका जानकारी प्रस्तुत गरे ।
कलाकार संघ यूकेका अध्यक्ष मनिष श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा भैरव नाच गुठीले देउसी भैलो समेत खेलेको थियो ।
कार्यक्रममा पासा पुच रेडिङका अध्यक्ष सुदर्शन श्रेष्ठ, अल्डरसट अध्यक्ष राजन मल्ल, लन्डन अध्यक्ष कपिल श्रेष्ठ, प्लमस्टिड शाखाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, वालमुकुन्द जोशी, राजेन्द्र श्रेष्ठ, दूतावास कर्मचारीसहित करिब सय जना उपस्थित थिए ।
यसैबीच रेडिङ, अल्डरसट र प्लमस्टिड शाखाले ति शहरमा आज सांझ म्हः पूजा गर्ने भएका छन् भने लन्डनमा आइतबार हुंदैछ ।
सबै तस्विरहरु गोर्खा क्लव फेसबुकबाट साभार
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक