
लन्डन । पासा पुच साउथ इष्ट लन्डनले अक्टोबर २४ का दिन म्ह पूजा गर्ने भएको छ । एसियन कम्युनिटी हल, प्लमस्टेडमा कार्यक्रम हुन लागेको हो । आफ्नो शरीरलाई आफैंले पूजा गर्ने प्रथा (म्हः पूजा) नेवारी समुदायमा प्रचलित छ ।
कार्यक्रममा पहिलो पटक उक्त शाखाले नेवारी खाना प्रदर्शन गर्ने पासा पुच साउथ इष्टका संस्थापक कुमार श्रेष्ठले जनाए । कार्यक्रमको संयोजन दिपक श्रेष्ठले गरिरहेका छन् । पूजा कार्यक्रममा ग्रीनवीच बरो र नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने अपेक्षा छ । १२ देखि ३ बजेसम्म चल्ने पूजामा सहभागी हुन आयोजकले सबैमा आग्रह गरेका छन् ।
म्ह पूजाका दिन नेपाल सम्वत ११३५ को नयां वर्ष पनि शुरु हुनेछ ।
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड