काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको हुडहुड नामको आँधीको कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा व्यापाक हिमपात हुँदा मृत्यु हुनेको संख्या २० नाघेको छ। मुस्ताङको थोराङला भञ्ज्याङ क्षेत्रमा १२ जना र मनाङको नार र फु गाबिसमा ८ जना गरी २० जनाको मृत्यु भएको छ। मंगलबार मात्रै मनाङमा एक जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा ५ नेपाली, तीन इजरेली, तीन पोलिस, एक भियतनामी रहेका छन्। त्यसैगरी मनाङमा मृत्यु हुनेमा ४ क्यानडेली, एक भारतीय र तीन नेपाली रहेका छन् ।
सरकारी अधिकारीहरुले अझै करिब एक सयको संख्यामा रहेका पदयात्री, पथप्रदर्शन र भरिया सम्पर्क बाहिर रहेको जनाएको छ।
अन्नपूर्ण र त्यस आसपासको क्षेत्रमा विदेशी तथा नेपाली पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो। थोराङ ला भञ्जाङ हुदै मुक्तिनाथ फर्किदै गरेका थिए।
हिमपातमा परेका १४ जनालाई उद्दार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । ८ जना भने सामान्य अवस्थामा छन् । उनीहरुलाई भने मुक्तिनाथमा छाडिएको छ ।
तस्वीर सौजन्य : नेपाली सेना
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक