
मनाङ र मुस्ताङको हिमपातमा २० जनाको मृत्यु, करिब एक सय सम्पर्क बाहिर(फोटो फिचर)
काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको हुडहुड नामको आँधीको कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा व्यापाक हिमपात हुँदा मृत्यु हुनेको संख्या २० नाघेको छ। मुस्ताङको थोराङला भञ्ज्याङ क्षेत्रमा १२ जना र मनाङको नार र फु गाबिसमा ८ जना गरी २० जनाको मृत्यु भएको छ। मंगलबार मात्रै मनाङमा एक जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा ५ नेपाली, तीन इजरेली, तीन पोलिस, एक भियतनामी रहेका छन्। त्यसैगरी मनाङमा मृत्यु हुनेमा ४ क्यानडेली, एक भारतीय र तीन नेपाली रहेका छन् ।
सरकारी अधिकारीहरुले अझै करिब एक सयको संख्यामा रहेका पदयात्री, पथप्रदर्शन र भरिया सम्पर्क बाहिर रहेको जनाएको छ।
अन्नपूर्ण र त्यस आसपासको क्षेत्रमा विदेशी तथा नेपाली पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो। थोराङ ला भञ्जाङ हुदै मुक्तिनाथ फर्किदै गरेका थिए।
हिमपातमा परेका १४ जनालाई उद्दार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । ८ जना भने सामान्य अवस्थामा छन् । उनीहरुलाई भने मुक्तिनाथमा छाडिएको छ ।
तस्वीर सौजन्य : नेपाली सेना
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति