यो त्यही बेलायती वस्ती हो, जहां स्थानीयसंग नेपाली समुदायको बेमेल थियो । मन्त्री नै आफ्नो क्षेत्रमा नेपाली जनसंख्या बढेर समस्या थपिएको शिकायत गर्थे प्रधानमन्त्री डेभिड क्यामरुनसमक्ष । स्थानीय युवा नारा जुलुसमा निस्कने माहोल बन्यो, नेपाली देखेपछि कुटपिट र जाइलाग्ने वातावरण पनि ।
अहिले परिस्थितिले कोल्टे फेरेको छ । झैं झगडा सुनिएको छैन् । बरु स्थानीय समुदायसंग मिलेर धेरै काम भएका छन् । त्यतिबेला ग्रेटर रसमोर नेपलिज कम्युनिटीले सौहाद्र्र वातावरण बनाउन निर्वाह गरेको भूमिका प्रशंसनीय मान्छन् नेपाली ।
यही ह्याम्पसायर क्षेत्रमा स्थानीय समुदायबीच बढि हेलमेल र समायोजन गर्ने उद्देश्यले आगामी साता एउटा इभेन्ट हुंदैछ अल्डरसटमा ।
१९ अक्टोबर दिउसो एकबजेदेखि सहारा नेपाल र अल्डरसट टाउन फुटबल क्लवबीच मैत्रीपूर्ण खेल हुने तयारी अन्तिम चरणमा छ । अल्डरसट एस रंगशालामा हुन लागेको उक्त फुटबल खेल प्रतियोगिता धेरै अर्थमा महत्वपूर्ण हुने आयोजकको विश्वास छ । सहारा यूकेका अध्यक्ष नवीन गुरुङ भन्छन्, ‘हामीले यसलाई केवल सप्ताहन्त मनाउने मेसो मात्र ठानेका छैनौं, यसले नेपाली र बेलायती युवाबीच सम्वन्ध अरु प्रगाढ बनाउने अपेक्षा छ ।’ अल्डरसटमा कुल जनसंख्याको दशप्रतिशत नेपाली बस्ने भएकाले खेलले समायोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास गुरुङको छ । उनले त्यसदिन सबै नेपालीहरुलाई उपस्थित भएर खेल हेर्न अपिल समेत गरेका छन् ।
खेलमा सहारा नेपाल टिमका खेलाडीबाहेक तीस प्रतिशत आर्मी एवं अल्डरसट, रेडिङ र वेम्लीका नेपाली युवा खेलमा उत्रंदैछन् ।
प्रतियोगिता हेर्न तीन, ५ र १० पाउण्ड निर्धारण गरिएको छ, जसबाट संकलित रकममध्ये केही अंश सहारा यूके र केही अल्डरसट टिमलाई सहयोग स्वरुप प्रदान गर्ने योजना छ । अल्डरसट टिम आगामी जनवरी २०१५ मा पोखरामा हुने आहा रारा कपमा भाग लिन जाने तय भइसकेको छ ।
अल्डरसट टाउन एफसीले नेपाली च्यारिटी संस्था सहारा यूकेसंग सामिप्यता बढाउन पाएकामा गर्व लागेको बताएको छ । नेपाली खेलाडीलाई उक्त क्लवका प्रशिक्षकले प्रशिक्षण समेत दिइरहेका छन् । अल्डरसट टाउन एफसी अध्यक्ष शाहिद अजिमले नेपाली समुदायले अल्डरसटको अर्थतन्त्र तथा संस्कृतिमा उल्लेख्य भूमिका निर्वाह गरेको जनाए । आर्मड फोर्सेस्मा गोर्खाहरुले गरेको योगदानप्रति पनि अजिम कृतज्ञ छन् । ‘हामी नेपालीको योगदानको प्रशंसा गर्छौं र त्यसको बदला नेपाली समुदाय र नेपालप्रति हाम्रो विशेष सहयोग एवं साझेदारी रहिरहनेछ’, अजिम भन्छन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला