काठमाडौ। पूर्व युवराज पारस शाह लागू औषधसहित थाइल्यान्डमा तेस्रो पटक पक्राउ परेका छन्। स्थानीय सञ्चार माध्यमहरुले गाँजासहित पक्राउ परेका पारसको हत्कडी लगाएको फोटाहरु प्रकाशित गरेका छन्। बैककस्थित नेपाली दूतावासले पनि पारस पक्राउको बारेमा स्थानीय प्रहरीले अवगत गराएको जनाएको छ।
शुक्रबार शाहलाई हत्कडी लगाएको फोटोहरु स्थानीय ब्लगले प्रकाशित गरेको छ। उनको साथबाट ५.८ ग्राम गाँजा पक्राउ परेको बताइएको छ ।
पक्राउ परेको दुई दिन पछि पारसले फेसबुकमा स्टाटस राख्दै थाइ अदातलले आफूलाई सफाइ दिएको बताएका छन्। उनले लेखेका छन्- म यो आरोप अस्विकार गर्दछु। त्यसले पनि थाई प्रहरी मेरो विरुद्ध हुनसक्छ। मेरो जीवनका लागि पछिल्लो पटक जस्तो खतरा हुनसक्छ। म यहाँ बसेको कारण प्रहारी मेरो विरुद्ध नहोस भन्ने चाहन्छु।
उनले आफू विरुद्ध तीन वर्षअघि फुकेटदेखि नै षडयन्त्र भएको प्रमाण भएको दावी गरेका छन्। यसअघि पारस फुकेट र बैककबाट गाँजासहित पक्राउ परेका थिए।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण