लन्डन । विश्व साइकल यात्राका क्रममा हाल लन्डन आइपुगेका उल्टो साइकल यात्री वीरेश दाहालसहितको टोली आर्थिक अभावले लन्डनमै विचल्ली परेको छ । बीस दिनअघि अमेरिकाको भिसा लागेपनि साथमा पैसा नहुंदा उनीहरुको थप यात्रा रोकिएको हो । टोलीमा दाहालसहित बरुण अधिकारी र बजेन्द्रकुमार महरा सहयोगी छन् ।
लन्डनस्थित नेपाली दूतावासले बास बस्न दिए पनि बेलायतका नेपाली संघसंस्था र व्यक्तिबाट सहयोग नमिलेपछि उनीहरु चिन्तित छन् । ‘हामीले धेरैलाई एकमहिना अघि देखि इमेल र फोन गरेर सहयोग याचना गरिरहेका थियौं तर कसैले पनि हाम्रो पीडा नबुझ्दा दुःख लागेको छ’, दाहालले गुनासो गरे ।
एक दशक अघिदेखि उल्टो साइकल चलाएर ५७ औं देश घुमिसकेका दाहालले खाडीका नेपाली बरु सहयोगी भएको बताए । ‘यहां त बाहिरी आवरणमात्र रहेछ, ठूलो ह्दय भएका नेपाली भेट्टाउनै सकेनौं’, दाहालको गुनासो थियो । बेलायतमा गैर आवासीय नेपाली संघ, बेलायतबाट करिब पन्ध्र सय पाउण्ड र गुल्मी जिल्ला समाज यूकेबाट एकसय ५१ पाउण्डमात्र सहयोग पाएको उनीहरुले बताए । ‘बेलायतमा सयौं नेपाली संस्था छन् भन्ने सुनिएको थियो तर दुःख पर्दा कसैले सम्झिएनन्’, दाहालले भने ।
सन् २०११ मा बुरुण्डीबाट तान्जानिया जाने क्रममा दुर्घटना परेर बांचेका दाहालले त्यही दुर्घटनामा जोगिएको थोत्रो साइकलबाटै अहिलेसम्म यात्रा अघि बढाइरहेको जनाए । ‘बांच्चै मुश्किल परेका बेला नयां साइकल किन्न त सपना जस्तै भएको छ’, दाहालले भने, ‘हामी देशको नाम चिनाउन जोखिम मोलेर हिंडेका हौं, न कि घर वा पजेरो जोड्न ।’
अफ्रिका, एसिया, युरोप घुमिसकेका दाहालले यात्राका क्रममा धेरै हण्डर बेहोर्नुपरेको सुनाए । ‘साथीहरु दश वर्षमा जम्मा ५७ देश घुमेको भन्नुहुन्छ तर हामीलाई अगाडि बढ्न आर्थिक अभाव नै कारक बनिरहेको छ’, दाहालले भने ।
पत्रकारिता र कलाकारिताको समेत अनुभव संगालेका दाहालले गिनिज वल्र्ड रेकर्डस्का लागि लन्डन अफिसमा नाम दर्ता गराएर नतिजा पर्खिरहेको समेत बताए । ‘त्यसमा पनि बढि पैसा दिएको भए छिटो हुने रहेछ, सकिएन’, उनले भने ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित