लन्डन । क्षेत्री समाज यूके वेम्ली शाखाले फूलपातीको सांझ एक दशैं कार्यक्रम गरेको छ ।
वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा भरत रोका क्षेत्रीको संयोजनमा कार्यक्रम भएको हो । उक्त अवसरमा सहभागीले एकापसमा दशैं शुभकामना आदानप्रदान, नाचगान र टिपिकल नेपाली खानाबाट मनोरञ्जन लिए ।
दशैं कार्यक्रममा क्षेत्री समाज यूकेका संरक्षक धु्रव केसी, क्षेत्री समाज यूके अध्यक्ष प्रेम खड्का, क्षेत्री समाज यूके संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण अधिकारी लगायतले दशैं शुभकामना मन्तव्य दिंदै उल्लासमय वातावरणमा चाड मनाउन अपिल गरेका थिए । प्रवासमा समेत दशैं पर्व हर्षोल्लासका साथ मनाइनुको सांस्कृतिक महत्वबारे पनि उनीहरुले प्रकाश पारे । संक्षिप्त परिचय दिने क्रममा सहभागी सबैले दशैं शुभकामनासहित आ आफ्नो लन्डन बसाइ र समाजमा संस्थाको योगदानबारे चर्चा गरेका थिए ।
उक्त अवसरमा सहभागीले रेष्टुरेन्टमा स्थापित दुर्गा माताको पूजा गरि स्वदेशकै दशैं स्मरण गरे । कार्यक्रममा पत्रकार रन्जित बस्नेतले डिजेको भूमिका निर्वाह गरेका थिए ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा