लन्डन । प्रहरी ‘इन्काउन्टर’ मा मारिएका डन चरीकी सेलिबे्रटी प्रेमिका खुश्वु ओली यतिखेर लन्डनमा छिन् । चरीले नाजायज तरिकाले कमाएको सम्पत्ति खुश्वुसंग हुने आशंकामा नेपाल प्रहरीले उनलाई निगरानी र विदेश जानबाट रोक्न खोजिरहेको भन्ने समाचारबीच खुश्वु सुटुक्क लन्डन आइपुगेकी हुन् ।
उनी साउथ इष्ट लन्डनस्थित ग्रीनवीचमा बसिरहेको श्रोतले उल्लेख गरेको छ । गत आइतबार सांझ ऊलवीचस्थित कैलाश रेष्टुरेन्टमा खाजा खाइरहेका बेला स्थानीय पत्रकारहरुसंग जम्काभेट हुंदा उनी खुलेर बोल्न चाहिनन् । तस्विर खिच्न पनि उनले इन्कार गरिन् । ‘म भोलि फर्कंदैछु, अहिले केही नबोलौं होला’ उनको संक्षिप्त प्रतिक्रिया थियो । तर, उनको लन्डन बसाइ लामै हुने बताइन्छ ।
केही दिनयता नियमित कैलाश रेष्टुरेन्ट आइरहेकी उनी एकजना नयां ‘प्रेमी’ का साथ देखिने गरेकी छिन् । खुश्वुले यहां भेट हुने नेपालीलाई भने आफ्नो सक्कली परिचय दिएकी छैनन् । कैलाशमा कार्यरत एक कामदारले उनलाई सोध्दा ‘म खुश्वु होइन, बहिनी प्रिया हो’ भनेको ति कामदारले बताइन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो