
परिचय लुकाउंदै लन्डनमा घुम्दै खुश्वु
लन्डन । प्रहरी ‘इन्काउन्टर’ मा मारिएका डन चरीकी सेलिबे्रटी प्रेमिका खुश्वु ओली यतिखेर लन्डनमा छिन् । चरीले नाजायज तरिकाले कमाएको सम्पत्ति खुश्वुसंग हुने आशंकामा नेपाल प्रहरीले उनलाई निगरानी र विदेश जानबाट रोक्न खोजिरहेको भन्ने समाचारबीच खुश्वु सुटुक्क लन्डन आइपुगेकी हुन् ।
उनी साउथ इष्ट लन्डनस्थित ग्रीनवीचमा बसिरहेको श्रोतले उल्लेख गरेको छ । गत आइतबार सांझ ऊलवीचस्थित कैलाश रेष्टुरेन्टमा खाजा खाइरहेका बेला स्थानीय पत्रकारहरुसंग जम्काभेट हुंदा उनी खुलेर बोल्न चाहिनन् । तस्विर खिच्न पनि उनले इन्कार गरिन् । ‘म भोलि फर्कंदैछु, अहिले केही नबोलौं होला’ उनको संक्षिप्त प्रतिक्रिया थियो । तर, उनको लन्डन बसाइ लामै हुने बताइन्छ ।
केही दिनयता नियमित कैलाश रेष्टुरेन्ट आइरहेकी उनी एकजना नयां ‘प्रेमी’ का साथ देखिने गरेकी छिन् । खुश्वुले यहां भेट हुने नेपालीलाई भने आफ्नो सक्कली परिचय दिएकी छैनन् । कैलाशमा कार्यरत एक कामदारले उनलाई सोध्दा ‘म खुश्वु होइन, बहिनी प्रिया हो’ भनेको ति कामदारले बताइन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति