लन्डन – राजदूत फेरिएपिच्छे भवन बिक्री प्रकरणले चर्चामा आइरहने लन्डनस्थित नेपाली दूतावास साँच्चिकै नमुना छ । जीर्ण भवन मर्मतमा रकम अभाव भनिरहँदा वर्षेनी आउने करिव तीन करोड रुपैयाँ ‘वालुवामा पानी’ जस्तो त्यसै विलाउँछ ।
प्रसंग दूतावास प्रवेशद्वारमा जडित अटोमेटिक स्लाइडिङ गेट (विद्युतीय) को हो । करिब २९ हजार पाउण्ड (झण्डै ५० लाख रुपैयाँ) मा जडान भएको रिमोटबाट चल्ने विद्युतीय गेट वर्ष दिन नपुग्दै दुई दुई पटक बिग्रिएर अहिले प्रयोगविहीन छ । रिमोटले नचल्ने भएपछि स्थानीय कर्मचारी सवारी साधन प्राङ्गणमा आउँदा कि बलजफ्ती घचेटेर गेट खोल्छन्, कि हैरानीले खुल्लै छाडिदिन्छन् ।
तत्कालिन राजदूत डा. सुरेशचन्द्र चालिसेको पालामा गत वर्ष मार्च अप्रिलतिर उक्त गेट लोफ्टस न्यू बिल्ड लिमिटेडले जडान गरेको हो । उक्त कम्पनीले विद्युतीय गेटसहित पानी ट्यांकी, पाँच वटा ट्वाइलेट, सिसिटिभी र रेडियटरहरु मर्मत सम्भार एवं जडान गरेको थियो । एकजना पुराना नेपाली व्यवसायीकै सिफारिशमा उक्त कम्पनीलाई जडान र मर्मत सम्भार जिम्मा दिइएको हो । कमिशनको खेलमा खिया नै नलाग्ने स्टिलका रेडियटर समेत सरसफाइ गरेर त्यतिखेर कम्पनीले आकर्षक रकम लिएको श्रोतको दावी छ ।
दूतावास श्रोतका अनुसार, कम्पनीले वारेन्टी भनेर दुई पटक पुनः मर्मत गरेपनि गेट फेरि बिग्रिसकेको छ । ‘साह्रै कमसल माल हालिदिएछन्, बिग्रिएर सास्ती छ,’ एक दूतावास कर्मचारी भन्छन्, ‘अब त लोफ्टसले उल्टै सधैं बिगार्छौ भनेर बनाइदिन पनि छाड्यो ।’ त्यति नै खर्चेर पुनः जडान गर्न दूतावाससँग बजेट अभाव रहेको एक कर्मचारीले बताए ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले गेट बिग्रिएको स्वीकारेपनि नयाँ जडान वा मर्मतबारे केही बोल्न चाहेनन् ।
धेरै राजनीतिक दलको पहिलो रोजाइमा छ लन्डन दूतावास । दलहरुबीच भागवण्डा नमिल्दा अझै यहाँ राजदूत नियुक्ति हुन बाँकी छ । आउने हरेक राजदूतहरु कुटनीतिक सम्वन्ध विस्तार भन्दा पनि व्यक्तिगत फाइदाकै लागि मरिहत्ते गर्ने गरेको आरोप नेपाली समुदायको छ । ‘नेपाली कार्यक्रममा गएर प्रमुख अतिथि बन्ने मात्र त राजदूतको जिम्मेवारी होइन नि ?’ एकजना पुराना व्यवसायी ध्रुव केसीको आक्रोश थियो, ‘हामी नेपाली समुदाय देश र जनताको हितमा काम गर्ने राजदूत स्वागत गर्न चाहन्छौं ।’
दूतावास कर्मचारीहरुमा भाषिक दक्षताको कमीले पनि बेला बेला कुटनीतिक वृत्तमा नकारात्मक प्रभाव पर्ने गरेको समेत केहीको बुझाइ छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल