लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीआरएनसी) को सहयोगमा स्थानीय लालिगुराँश ब्यान्डले अल्डरसटमा अोपन कन्सर्ट सम्पन्न गरेको छ ।
ब्यान्डको औपचारिक उद्घाटनका साथै नेपालमा बाढी पीडितहरूको सहयोगको उद्देश्यका साथ सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा ग्रेटर रशमूर नेपाली कम्युनिटीका महासचिब रोहित गुरुङ्ले संचालन गरेका थिए भने बाँकी कार्यक्रम सरला थापाले गरेकी थिइन्।
कार्यक्रमको उदघाटन जीआरएनसीका उपाध्यक्ष ओम थापाले गरेका थिए । कार्यक्रममा थापाले यस्तो कार्यक्रमले बेलायतबासी नेपालीहरूलाई नौलो आयाम थपेको बताए । ब्यान्डका संयोजक कूल थापाले बाँसुरी, पहल सिंह थापाले वेस्ट्रेन फूलुड, क्याप्टेन रिटार्यड वीर बहादुर् थापाले गायन, गम गोरे गुरुङ् र तुल्सी राना मादल, बिमल राई ड्रम, अमित रेश्मी मगर गितार तथा गायन, रोशन गुरुङ् लिड गितार एवम् नेपालदेखि आएका गायक मिलन लामा समेतले दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।
कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष शान्ति थापा कुँवर, जीआरएनसी अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवान, उपाध्यक्षहरु ओम थापा र जिब बेल्बासे, साँस्कृतिक संयोजक छबिमाया पुन, सचिब नेम थापा, सदस्य रन्जिता मल्ल, सल्लाहाकार शेर सुनार, क्याप्टेन रिटार्यड गोपाल बिक लगायतले शुभकामना दिएका थिए । कार्यक्रम संयोजक कूल थापाले जीआरएनसीको मातहतमा हरेक वर्ष यस किसिमका कन्सर्ट गरिने प्रतिबद्धता ब्यक्त गर्दै नेपाली माझ हुने हरेक शुभ कार्यहरू एवम चाड पर्वमा आमन्त्रण गरिएमा गुणस्तरीय लाइभ म्युजिक ब्यबस्था लालिगुराँश ब्यान्डले गर्ने बताए।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा