लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीआरएनसी) को सहयोगमा स्थानीय लालिगुराँश ब्यान्डले अल्डरसटमा अोपन कन्सर्ट सम्पन्न गरेको छ ।
ब्यान्डको औपचारिक उद्घाटनका साथै नेपालमा बाढी पीडितहरूको सहयोगको उद्देश्यका साथ सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा ग्रेटर रशमूर नेपाली कम्युनिटीका महासचिब रोहित गुरुङ्ले संचालन गरेका थिए भने बाँकी कार्यक्रम सरला थापाले गरेकी थिइन्।
कार्यक्रमको उदघाटन जीआरएनसीका उपाध्यक्ष ओम थापाले गरेका थिए । कार्यक्रममा थापाले यस्तो कार्यक्रमले बेलायतबासी नेपालीहरूलाई नौलो आयाम थपेको बताए । ब्यान्डका संयोजक कूल थापाले बाँसुरी, पहल सिंह थापाले वेस्ट्रेन फूलुड, क्याप्टेन रिटार्यड वीर बहादुर् थापाले गायन, गम गोरे गुरुङ् र तुल्सी राना मादल, बिमल राई ड्रम, अमित रेश्मी मगर गितार तथा गायन, रोशन गुरुङ् लिड गितार एवम् नेपालदेखि आएका गायक मिलन लामा समेतले दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।
कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष शान्ति थापा कुँवर, जीआरएनसी अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवान, उपाध्यक्षहरु ओम थापा र जिब बेल्बासे, साँस्कृतिक संयोजक छबिमाया पुन, सचिब नेम थापा, सदस्य रन्जिता मल्ल, सल्लाहाकार शेर सुनार, क्याप्टेन रिटार्यड गोपाल बिक लगायतले शुभकामना दिएका थिए । कार्यक्रम संयोजक कूल थापाले जीआरएनसीको मातहतमा हरेक वर्ष यस किसिमका कन्सर्ट गरिने प्रतिबद्धता ब्यक्त गर्दै नेपाली माझ हुने हरेक शुभ कार्यहरू एवम चाड पर्वमा आमन्त्रण गरिएमा गुणस्तरीय लाइभ म्युजिक ब्यबस्था लालिगुराँश ब्यान्डले गर्ने बताए।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित