बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: ०९:५० | UK Time: 05:05

पूर्वप्रधानमन्त्री देउवा बेलायतमा

वीनेपाली
२०७१ असोज ८ गते ०:२०

shere
लण्डन । पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा परिवारसहित दुई साता लामो भ्रमणका लागि बेलायत आइपुगेका छन् ।
बेलायत र युरोप भ्रमणका लागि काग्रेस बरिष्ठ नेता देउवा परिवारसहित मंगलबार लण्डन शहरमा आएका हुन् । काग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतले हिथ्रोमा पूर्व प्रधानमन्त्री देउवासहितलाई स्वागत गरेको थियो ।

नेपाली जनसम्पर्क समिति, बेलायतका महामन्त्री राजकुमार त्रिपाठीका अनुसार, कांग्रेस बरिष्ठ नेता देउवा बेलायतबाट युरोप भ्रमणमा जाने र फेरी बेलायत फर्किने कार्यक्रम छ ।  बेल्जियम र बेलायतमा उनले जनसम्पर्क समितिले राखेको विभिन्न अन्तरक्रियामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसैवीच, देउवा पुत्र थप अध्ययनका लागि बेलायत बस्ने श्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक