लण्डन । बेलायतका लागि लड्दालड्दै ज्यान गुमाएका गोरखा सैनिकहरुको सम्झनामा बेलायतले यहाँ एक चौतारो निर्माण गरेको छ । स्टाफोर्डसियरस्थित न्याश्नल मेमोरियल आबोरेटममा बनाइएको सो चौतारोको आज बेलायती अधिराजकुमारी (प्रिन्सेस रोयल) इयनले उदघाटन गरेकी छिन्।
प्रिन्सेस इयन बेलायती महारानीकी एक मात्र सुपुत्री हुन् । सो समारोहमा भाग लिन बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीको पनि सहभागी रहेको थियो।
बेलायतको स्थानीय आइटीभीका अनुसार सो समारोह गोरखाहरुले बेलायतका लागि सेवा गरेको २०० वर्ष पुगेको अवसरमा अर्को वर्ष गर्न गरिन लागेका कैयन कार्यक्रमहरुको एक पूर्व झलक हो ।
सन् १८१५ देखि बेलायती सेवामा भर्ती हुन लागेका गोरखाहरु विभिन्न विश्वयुद्ध र क्षेत्रीय युद्धहरुमा कति मारिए भन्ने बारेमा कसैसाग औपचारिक तथ्यांक छैन ।
गोरखा आन्दोलनकारीहरुले करिब ६० हजार गोरखा मारिएको दाबी गर्दै आएका छन् ।
गोरखाहरुमाथि भेदभाव गरिएको भन्ने आरोप बेलायतलाई अहिले पनि लाग्दै आएको छ र बेलायतको संसदमा दुई साताअघि मात्र यसबारेमा छलफल पनि भएको थियो।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ