
लन्डन । मह काड्नेले हात चाट्नु पर्छ तर सबै मह खाइदिन त्यति न्यायोचित हुन्न । सन्दर्भ, बिहीवार सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एउटा पर्यटन प्रवर्धन कार्यक्रमको मञ्च दुरुपयोगबारे हो ।
नेपाली दूतावास र हिमालय ट्राभल म्यागेजिनको संयुक्त आयोजनामा गरिएको कार्यक्रम थियो हिमालय ट्राभल एण्ड टुरिजम इभिनिङ । नेपालको पर्यटनलाई बेलायतस्थित विदेशीमाझ प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेपनि एउटा आयोजकले पर्यटन होइन, आफ्नै प्रवद्र्धनमा समय खर्च गरिदिंदा त्यसको औचित्य नै घटेको धेरैले महशुस गरे । आयोजक भएकै भरमा हिमालय म्यागेजिनको पत्यार लाग्दो भिडियो हेर्न वाध्य भए अतिथी । पत्रिका प्रकाशन मिति, यसका पृष्ठ, मुल्य, भारत, म्यानमार र ओमानमा यसको वितरण र बेलायतका कुन कुन स्टोरमा पत्रिका उपलव्ध हुन्छ जस्ता सामाग्री भरिएको भिडियोले नेपालको पर्यटन प्रवद्र्धन
गर्यो भन्ने कमै थिए । पत्रिकामा भारत, म्यानमार र ओमानको पर्यटन सामाग्री
राखिएकाबारे भिडियो मार्फत गरिएको प्रचार प्रसार नेपाललाई लाभदायक जस्तो पटक्कै लाग्थेन । विज्ञापनदाता एयरवेज प्रतिनिधिले पत्रिकाबारे प्रशंसा गरेको र शुभकामना दिएको सहभागी अतिथीलाई के चासो ? अंग्रेजीमा नियमित पत्रिका प्रकाशनले नेपालको पर्यटन प्रवर्धन गरेपनि मञ्चको सही सदुपयोग नगरिएकामा कतिपय रुष्ट देखिन्थे । भिडियोबाहेक यसका प्रकाशक राजाराम गिरीको मन्तव्य पनि पत्रिकाकै व्याख्यामा केन्द्रित रह्यो ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भने थोरै समयमा पनि सकारात्मक सन्देश दिए । उनले नेपाल पर्यटनको आकर्षक गन्तव्य रहेको उल्लेख
गर्दै बेलायतबाट वर्षेनी करिब ४५ हजार पर्यटकले नेपाल भ्रमण गरिरहेको जनाए । भौतिक पूर्वाधार, सडक तथा हवाइ उडान विस्तार, शान्ति सुरक्षा आदि नेपाल सरकारको प्राथमिकता रहेको जनाउंदै क्षेत्रीले सन् २०२० सम्म वर्षेनी २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य समेत सुनाए । गत वर्ष लोन्ली प्लानेटले नेपाललाई विश्वका दश उत्कृष्ट गन्तव्यभित्र राखेबाट पनि नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको बताए । उनले शान्ति प्रक्रियापछि नेपाल विदेशी पर्यटक भित्र्याउने सवालमा सफल भएको पनि चर्चा गरे । क्षेत्रीले नेपालको समसामयिक राजनीतिक परिस्थिति र घट्नाक्रमबारे उल्लेख गर्दै विदेशीलाई नेपाल जान प्रेरित गर्ने सन्देश दिए ।
अपेक्षाभन्दा कम विदेशी सहभागी उक्त कार्यक्रममा उल्टो साइकल यात्री विरेश दाहालसहित अरु दुई साइकल यात्रीलाई समेत परिचय गराइयो र तिनका भिडियो समेत देखाइएको थियो ।
नेपाली वियर मकारा र नेपाली हिमालय वाइन अनि हंग्री यति रेष्टुरेन्टको बफेटले भने अन्तिममा सबै प्रफुल्ल घर फर्किएको हुनुपर्छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’