लण्डन । संयुक्त अधिराज्य (युके) मा एकीकृत भएको ३०७ वर्षपछि आज स्कटल्याण्ड युकेमा रहने वा अलग स्वतन्त्र राष्ट्र हुने भन्ने विषयमा स्कटल्याण्डमा जनमतसंग्रह हुँदैछ ।
स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु हुने जनमतसंग्रहमा स्कटल्याण्डमा बसोबारत् करिब ४२ लाख मतदाताले स्कटल्याण्डको भविष्यको फैसला गर्नेछन् ।
१६ वर्ष उमेर पूरा भएकाले मताधिकार प्रयोग गर्न पाउने यस जनमत संग्रहमा भाग लिन स्कटल्याण्डको कूल मतदाता संख्याको ९७ प्रतिशतले मतदाता सूचीमा नाम लेखाएका छन् । यो अहिलेसम्मको स्कटल्याण्डको सबैभन्दा ठूलो मतदाता संख्या हो ।
सन् २०१२ को तथ्यांक अनुसार स्कटल्याण्डमा ४४ लाख १० हजार २८८ जनसंख्या १६ वर्ष उमेर नाघेकाहरुको छ ।
यस निर्वाचनमा युकेका अन्य भागमा जन्मेका तर अहिले स्कटल्याण्डमा बसोबास गरिरहेकाले भोट दिन पाउने छन् । यो संख्या ४ लाख ७३ हजार ६९५ छ तर स्कटल्याण्डमा जन्मेका तर अहिले युकेका अन्य भागमा बसोबास गरिरहेका ७ लाख १८ हजार ५७५ जनाले भने भोट दिन पाउने छैनन् ।
यसैगरी, स्कटल्याण्डमा बसोबास गरिरहेका कमनवेल्थ मुलुकका बासिन्दा, युरोपियन युनियनका बासिन्दा, स्कटल्याण्डमा कार्यरत सैनिकहरु र हाउस अफ लर्डस्का स्कटल्याण्डमा बसोबासरत् सदस्यहरुले पनि जनमत संग्रहमा भाग लिन पाउने छन् ।
स्कटल्याण्डको निर्वाचन कार्यालयका अनुसार ७ लाख ७९ हजार २४ जनाले डाकमार्फत भोट दिन आफूलाई सूचीकृत गराएका छन् ।
मतदान राति १० बजे समाप्त हुने छ । मतदान सकिनेबित्तिकै मतगणना शुरु गरिने जनाइएको छ । ३२ वटा स्थानीय इलाकामा बाँडेर मतगणना गरिने योजना छ ।
निर्वाचन कार्यालयले निर्वाचन केन्द्रमा धेरै भीड नहोस् भनेर मतदान गर्न ५ हजार ५७९ मतदान केन्द्र खडा गरेको छ ।
स्कटल्याण्ड भौगोलिकरुपमा टाढा-टाढा छरिएको हुादा मतपत्र संकलनका लागि हेलिकोप्टरको पनि प्रयोग गरिने छ ।
निर्वाचन कार्यालयका अनुसार शुक्रबार बिहान ६.३० देखि ७.३० सम्ममा रोयल हाइल्याण्ड सेन्टर, एडिनबरामा जनमत संग्रहको अन्तिम परिणाम घोषणा गरिने योजना छ ।
जनमत संग्रहमा ‘के स्कटल्याण्ड स्वतन्त्र मुलुक हुनुपर्छ’ भन्ने प्रश्न मतदातालाई सोधिने छ र मतदाताले हुनपर्छ ‘एस’ वा हुनुहुँदैन ‘नो’ मा चिनो लगाउनुपर्ने छ ।
सन् १७०७ मा स्कटल्याण्ड युकेमा एकीकृत भएको हो ।
सन् २००७ मा चुनावमा स्कटिश नेशनालिष्ट पार्टी (एसएनपी) को जनमत संग्रह गर्ने एजेण्डा थियो । सो निर्वाचनमा एसएनपी स्कटल्याण्डको सबैभन्दा ठूलो पार्टी बन्यो र अल्पमतको सरकार बनायो । सन् २०११ मा उसले बहुमतको सरकार बनायो र वेष्टमिनिष्टरसित सम्झौता गरी जनमत संग्रह गराउने निर्णय गराउन सफल भयो ।
हालमा स्कटल्याण्डले युकेको पाउण्ड स्टर्लिंग चलाउँछ । यदि स्वतन्त्र भएमा उसले चलाउने मुद्राका बारेमा निश्चित भएको छैन । स्वतन्त्र स्कटल्याण्डका पक्षधरहरुले स्वतन्त्रतापछि पनि पाउण्ड चलाउनसक्ने वा आफ्नै मुद्रा चलाउन चलाउन सक्ने विकल्पहरु अघि सारेका छन् ।
हाल स्कटल्याण्डले युकेको अर्थ मन्त्रालयबाट तीन वर्षको बजेट पाउाछ र सो बजेट केमा खर्च गर्ने आफैँ निर्णय गर्छ तर यदि स्वतन्त्र भएको खण्डमा स्कटल्याण्ड आफैँले बजेट जुटाउनु पर्ने छ । हालमा स्कटिश संसदलाई ३ पेन्स आयकर बढाउने वा घटाउने अधिकार छ जो अहिलेसम्म प्रयोग भएको छैन ।
यदि स्कटल्याण्डका जनताले युकेमै बस्ने मत जाहेर गरेमा स्कटल्याण्डलाई अहिले दिँइदै आएको अधिकारभन्दा थप अधिकार दिइने युकेका मुख्य तीन राजनीतिक पार्टीहरु कञ्जरभेटिभ, लेबोर र लिबरल डेमोक्रयाटले सहमति जनाएका छन् ।
एलेक्स सालमोण्डको नेतृत्वको एसएनपीले स्वतन्त्र स्कटल्याण्ड पक्षको नेतृत्व गरेको छ भने युकेका अन्य पार्टीहरु सोको विपक्षमा रहेका छन् ।
निर्वाचनको पूर्व सन्ध्यामा दुवै पक्षले स्कटल्याण्डका विभिन्न भागमा जनप्रदर्शन गरेका छन् । र दुवै पक्षका प्रमुख नेताले मतका लागि जनतामा अपील गरेका छन् ।
मतदानअघिको अन्तिम मत सर्वेक्षणहरु अनुसार स्कटल्याण्ड युकेमै रहनुपर्ने भन्ने पक्षधरहरु झिनो मतले अगाडि छन् तर निर्णायक केही प्रतिशत उत्तरदाताले कसलाई मत दिने भन्ने निधो गरिनसकेको जवाफ दिएका छन् ।
स्कटल्याण्ड सरकारको श्वेतपत्र अनुसार यदि यस जनमत संग्रहबाट स्वतन्त्र स्कटल्याण्डको पक्षधरले जितेमा २४ मार्च २०१६ देखि पूर्ण स्वतन्त्र मुलुक हुने छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार