बेलायत । यही १३ सेप्टेम्बर २०१४ का दिन अल्डरसटको तोङ्हाम कम्युनिटी हलमा इङ्नाम ईवाहाङ बन्धु साथै चेलिबेटी वार्षिक भेटघाट कार्यकम सम्पन्न भयो ।
हरेक वर्ष आयोजना गरिने यस भेटघाटमा बन्धुवान्धवहरु, चेलिबेटी साथै भाना–भान्जाहरु भेटघाट भएर चिनजान साथै सदभाव राख्ने गरिन्छ ।
बन्धु समितिका अध्यक्ष महेन्द्र ईवाहाङको सभापतित्व रहेको उक्त कार्यक्रमलाई शेरबहादुर इङ्नामले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको सुरुमा वर्षभरीमा दिवङ्गत भएका बन्धु तथा चेलिहरु क्रमशः शन्त बहादुर ईवाहाङ र बिष्णु माया इङ्नाम (आङबुहाङ) को सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
बन्धु समितिका अध्यक्षले सँस्थाको बारेमा प्रस्ट्याउदै वर्षमा एकपल्ट भेला भएर दुःख सुख साथै एकआपसमा चिनजान गर्नु जरुरी भएको र भवितब्य दुःख परेमा सबै बन्धु तथा चेलीहरु मिलेर सरसहयोग गर्न आग्रह गरे । सोहि क्रममा चेलिबेटी समितिका अध्यक्ष बिना इङ्नामले इङ्नाम ईवाहाङ चेलिबेटी समितिको स्थापना हालै भएको र यस सस्थाको उदेस्य बारे प्रस्ट्याएकी थिइन् ।
कार्यक्रमको दोस्रो चरण सम्मान कार्यक्रम रहेकोले बन्ध्, चेली साथै भाना–भान्जाहरुलाई यस वर्षभरि विभिन्न क्षेत्रमा प्रगति गरेबापत प्रोत्साहनस्वरुप सान्त्वना र सम्मान–पत्र दिइएको थियो ।
उक्त कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई यसरी छुट्टि मिलाएर यस कार्यकरुममा उपस्थित भएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई औपचारिक रुपमा समापन गरे । कार्यक्रमलाई सस्थाको सचिव प्रेम इङ्नामले सञ्चालन गरेका थिए ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ