बेलायत । यही १३ सेप्टेम्बर २०१४ का दिन अल्डरसटको तोङ्हाम कम्युनिटी हलमा इङ्नाम ईवाहाङ बन्धु साथै चेलिबेटी वार्षिक भेटघाट कार्यकम सम्पन्न भयो ।
हरेक वर्ष आयोजना गरिने यस भेटघाटमा बन्धुवान्धवहरु, चेलिबेटी साथै भाना–भान्जाहरु भेटघाट भएर चिनजान साथै सदभाव राख्ने गरिन्छ ।
बन्धु समितिका अध्यक्ष महेन्द्र ईवाहाङको सभापतित्व रहेको उक्त कार्यक्रमलाई शेरबहादुर इङ्नामले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको सुरुमा वर्षभरीमा दिवङ्गत भएका बन्धु तथा चेलिहरु क्रमशः शन्त बहादुर ईवाहाङ र बिष्णु माया इङ्नाम (आङबुहाङ) को सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
बन्धु समितिका अध्यक्षले सँस्थाको बारेमा प्रस्ट्याउदै वर्षमा एकपल्ट भेला भएर दुःख सुख साथै एकआपसमा चिनजान गर्नु जरुरी भएको र भवितब्य दुःख परेमा सबै बन्धु तथा चेलीहरु मिलेर सरसहयोग गर्न आग्रह गरे । सोहि क्रममा चेलिबेटी समितिका अध्यक्ष बिना इङ्नामले इङ्नाम ईवाहाङ चेलिबेटी समितिको स्थापना हालै भएको र यस सस्थाको उदेस्य बारे प्रस्ट्याएकी थिइन् ।
कार्यक्रमको दोस्रो चरण सम्मान कार्यक्रम रहेकोले बन्ध्, चेली साथै भाना–भान्जाहरुलाई यस वर्षभरि विभिन्न क्षेत्रमा प्रगति गरेबापत प्रोत्साहनस्वरुप सान्त्वना र सम्मान–पत्र दिइएको थियो ।
उक्त कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई यसरी छुट्टि मिलाएर यस कार्यकरुममा उपस्थित भएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई औपचारिक रुपमा समापन गरे । कार्यक्रमलाई सस्थाको सचिव प्रेम इङ्नामले सञ्चालन गरेका थिए ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै