
लन्डन । डान्स इण्डिया डान्स लिटल मास्टर नेपाली चेली तेरिया फौजा मगरको आकर्षक नृत्य धित मरुञ्जेल हेर्न लालयित दर्शकलाई आयोजकले मज्जासंग झुक्याइदिए । तेरिया बेलायत आउने भएपछि महंगो टिकट
(बीस सामान्य र भिआइपी तीस पाउण्ड) खरिद गरेर उनको नाच हेर्न गएका दर्शक शोमा पुगेपछि भने निराश बनेर फर्किए । पत्रकार सम्मेलनमा तेरियाले कम्तीमा ५ वटा नृत्य देखाउनेछिन् भन्ने प्रचार प्रसार गरेपनि अन्ततः शोमा तेरियाले तीनवटामात्र नाच देखाइन् । बरु उनको सट्टा नाम नसुनिएका नृत्यांगना स्टेजमा बढि हावी भए, सिकारु गायक गायिकाले पनि मौका छोपे । ‘बीस पाउण्ड तिरेर तेरियाको नाच हेर्न ह्यारो गएको त शुरुमै स्थानीय कलाकारको तिहार गीतमा नाच हेर्न पर्यो, पछि पनि अरुलाई प्राथमिकता दिएर शो नै खल्लो लाग्यो’, एकजना नर्सको गुनासो थियो, ‘शुरुमा हेमन्त
राना आउने सुनेको थिएं, उनलाई पनि देखिन ।’
दर्शक अपेक्षा पुरा नहुनुमा आयोजकको गल्ती रहेको धेरैले बुझे । किनकि उनीहरुले जति भन्यो त्यति गर्न तेरियालाई अप्ठेरो थिएन । तर, आयोजकले समय अभावका कारण तेरियाले पर्याप्त नाच देखाउन नसकेको बताएका छन् । तेरियाले जति गरिन्, प्रशंसा चाहिं बटुलिन् । उनले शुरुमै डांफे झैं नाच्ने, हिमाल झैं हांस्ने नेपालकी छोरी हुं म… गीतमा नाच्दा हल तालीले गुञ्जियो । उनले संक्षिप्त मन्तव्यका क्रममा पनि म नेपाली छोरी हुं र नेपाल र नेपालीको इज्जत राख्न प्रयत्नशील रहनेछु भनेपछि धेरैले उनको प्रशंसा गरे । उनले अरु दुई हिन्दी गीतमा नाच देखाएकी थिइन् ।
सप्ताहन्तमा रेडिङ र ह्यारोमा आयोजित दशैं मेघा इभेन्टमा तेरिया भन्दा गायक प्रमोद खरेल र लोकगायक मिलन लामाले दर्शकको अपेक्षा पुरा गरिदिए । मिमिक्रीमा पोख्त गायक खरेलले हरेक गीत गाउंदा दर्शक वान्स मोर भनिरहन्थे । लोकगायक लामाको पनि बोल्ने कला र गला दुवैले सहभागी आल्हादित भए ।
कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल