लन्डन । संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्याण्ड स्वतन्त्र हुने वा नहुने भन्नेबारे जनमत संग्रह हुन चार दिन बांकी रहंदा स्कटल्याण्डवासी नेपालीको समेत यसमा चासो बढेको छ । यही असोज २ अर्थात सेप्टेम्बर १८, बिहीवार हुन गइरहेको जनमत संग्रहको परिणामले पार्ने दीर्घकालिन प्रभावबारे चिन्तित उनीहरु स्कटल्याण्ड टुक्रिनु हुन्न भन्ने पक्षमा दृढ देखिएका छन् ।
१५ वर्षदेखि स्कटल्याण्डमा बसिरहेका नेपाल स्कटल्याण्ड एसोसिएसनका संस्थापक भोला खनालले स्वतन्त्र नहोस् भन्ने पक्षमा करिब ९० प्रतिशत नेपाली रहेको बताए । ‘हामीले स्वतन्त्र हुनुहुन्न भनेर नेपाली र एसियनबीच अभियान नै शुरु गरेका छौं, खनालले भने, ‘बेग्लै देश भएपछि हुन सक्ने कर वृद्धि, शिक्षा, स्वास्थ्य सुविधा कटौती, तलव घट््न सक्ने, आप्रवासीको स्थिति के हुने जस्ता अन्यौलताले हामीले नो भनेका
छौं ।’ स्वतन्त्र हुंदा तत्काल असर नपरेपनि दीर्घकालिन असर पर्न सक्नेबारे नेपालीमा बढि चिन्ता छ ।
स्कटल्याण्डमा करिव ५ हजार नेपाली रहेको अनुमान छ र मत हाल्न योग्य नेपालीको संख्या दुई हजार हाराहारी छ ।
स्कटिस नेशनल पार्टी (एसएनपी) ले आप्रवासीहरुलाई समान अवसर दिन्छौं भन्दै स्वतन्त्र हुन एस् भोटमा जाउं भनेर प्रेरित गरिरहेपनि आफूहरु ‘बेटर टुगेदर’ को पक्षमा रहेको खनालले जनाए ।
आठ वर्षदेखि उत्तरी स्कटल्याण्डमा बसिरहेका अनल गौतम स्थानीय काउन्सिलमा कार्यरत छन् र उनी आगामी जनमतसंग्रहका लागि मतदान अधिकृत (इलेक्शन प्रिसाइडिङ अफिसर) समेत हुन् । यद्यपि, उनी स्कटल्याण्ड स्वतन्त्र नहोस् भन्ने अभियानमा खुलेर लागेका छन् । ‘आज हामी चारजना नेपाली दिनभर नो भोट अभियानमा लाग्यौं’, गौतमले भने, ‘टुक्रियो भने आप्रवासीप्रति हेरिने दृष्टिकोण, स्टर्लिङ पाउण्डको स्थिति अन्तर्राष्ट्रिय बजारमा के हुने, इंग्ल्याण्ड अलग्गिएपछि उसले दिंदै आएको शिक्षा, स्वास्थ्य अनुदान के हुने, युरोपेली युनियनमा स्कटल्याण्डको भूमिका आदिबारे अन्यौल भएर हामीसंगै मिलेर जानुपर्छ भन्ने पक्षमा लागेका हौं ।’ छुट्टिनु भन्दा स्कटल्याण्डलाई बढि अधिकार र आत्मसम्मान दिनु श्रेयस्कर ठान्छन् गौतम । स्वतन्त्र पक्षधरहरुले निशुल्क शिक्षा, निशुल्क वालवच्चा हेरचाह, निशुल्क बस पास, निशुल्क औषधोपचार जस्ता प्रलोभन देखाएपनि त्यो व्यवहारिक नभएको गौतमले टिप्पणी गरे ।
प्रारम्भिक मत सर्वेक्षणहरुले स्वतन्त्र हुनुहुन्न भन्ने पक्षमा थोरै प्रतिशतमात्र बढि मत आउने प्रक्षेपण गरेपनि अन्तिम परिणाम कसको पक्षमा आउंछ भन्न नसकिने स्थिति छ ।
इंग्ल्याण्डले स्कटिस संसदलाई बढि अधिकार दिने प्रतिवद्धतासहित स्वतन्त्र नहुने पक्षमा मत हाल्न भनिरहेको छ भने स्वतन्त्र पक्षधरहरु टुक्रिए आफ्नो भविष्य आफैं बनाउन सकिने विश्वासमा छन् । स्कटल्याण्डले आफ्नो मुख्य आयश्रोत पर्यटन, तेल, लिक्वेयर (ह्वीस्की), माछा, भेडा र टर्वाइन पावरबाट सुन्दर भविष्य देखेको छ । स्कटल्याण्डमा ५३ लाख जनसंख्यामध्ये ४३ लाख मानिसले जनमत संग्रहमा मत हाल्न नाम दर्ता गरेका आधिकारिक तथ्यांक छ । यति बढि जनसंख्या मतदानमा सहभागी हुन लागेको यो इतिहासमै पहिलो हो ।
स्कटिसहरु इंग्ल्याण्डले आफूलाई सधैं उपेक्षा गरेको ठान्छन् । सन् १९८४ ताका मार्गरेट थ्याचर बेलायती प्रधानमन्त्री हुंदा धेरै कलकारखाना बन्द गराइदिएर आफूहरु बेरोजगार हुनुपरेको घट्नाले उनीहरुलाई बढि आक्रोशित र रुष्ट बनाएको बुझाइ स्थानीयको छ । त्यही आक्रोश र असन्तुष्टिले नेशनलिष्ट पार्टी (एसएनपी) जन्मिएको बुझ्ने पनि छन् । त्यसो त स्कटल्याण्ड यस्तो राज्य हो, जहां स्कटिश, युरोपेली नागरिकलाई निःशुल्क शिक्षा छ तर इंग्ल्याण्डवासीलाई शिक्षामा शुल्क तिर्नुपर्छ ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?