
लण्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका गायक कुबेर राई र गायिका आभा मुकारुङले फोल्क्स्टोनस्थित लेमोन लिफ रेस्टुरेन्टमा प्रतिभा सांगीतिक साँझ सम्पन्न गरेका छन् ।
शनिबार आयोजित सो सााझको आयोजना नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको थियो भने कार्यक्रममा राई र मुकारुङले स्थानीय नेपाली वाद्यवादकको साथमा लाइभ गाएका थिए ।
दर्शकहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा राई र मुकारुङले मायाले मुलबाटो भुलेछ, कता हिाडेको कसलाई खोजेको जस्ता आफ्ना सदाबहार गीतहरू गाएर दर्शकहरूलाई मनोरन्जन गराएका थिए । यसका साथै नारायणगोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, आश भोस्ले र उदितनारायण लगायतका गायक-गायिकाहरुको कालजयी गीतहरु गाउँदा दर्शकहरूले ताली बजाएर साथ दिइरहेका थिए ।
हार्मोनियम, तबला र गीतारको साथमा राई र मुकारुङले गाइरहँदा नारायण गोपाल र अरूणा लामाको विगतको एकल सांझको सम्झना गराउँथ्यो । स्टेज शोभन्दा भिन्नै स्वाद दिइएको सो सांझमा दर्शकहरूले आनन्द मात्र होइन सिङ्गो नेपाली गीत संगीतलाई नजिकबाट बुझ्ने अवसर पनि पाएका थिए ।
लाईभ बाद्यवादनहरुको संयोजन गरिएको सो सांगीतिक साँझमा संगीत र सुर बुझेका  प्रवुद्ध दर्शक स्रोताहरूको जमघट रहेको थियो । राई र मुकारुङको गायनलाई बुझेर आएका समाजसेवी, साहित्यकार तथा संगीतकर्मीहरू टाढा-टाढाबाट आएका थिए भने  गोर्खाली पल्टनका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
सो कार्यक्रमबाट स्थानीय गायक, गायिका, संगीतकार र गीतकारहरुमा धेरै उर्जा मिलेको अनुभूति उनीहरुले सुनाए ।
कार्यक्रममा तबलाबादनमा गायक गगांराज राईले साथ दिएका थिए भने संगीत विधामा मास्टर डिग्री गरिसकेका बी सी राईले गीतारमा । अर्का हेमकर्ण राईले पनि गीतारमा साथ दिएका थिए भने किरात राई कलाकार संघ बेलायतका महासचिव डिल्लीराम राईले साउण्ड इन्जिनियरिङको काम सम्हालेका थिए ।
कार्यक्रम प्रतिष्ठानका सचिव नरेश नातिले संचालन गरेका थिए ।
हेर्नुहोस भिडियो 
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल