प्रमुख राजनीति दलबीच संविधानको अन्तर्वस्तुमा सहमति जुट्न नसक्दा संविधान निर्माणको कार्यताालिका संशोधन हुने भएको छ।
बाबुराम भट्टराई नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शनिबार आफ्नो जिम्मेवारी पुरा गर्न थप केही लाग्ने भन्दै समय माग गर्ने निर्णय गरेको छ । त्यसैले संविधानसभाका आगामी पूर्ण बैठकले कार्यतालिका परिवर्तन गर्न सक्ने छ । 
‘माघ ८ गते संविधानको प्रतिवद्धता व्यक्त गर्दै समिति अहिलेसम्म समाधान हुन नसकेको विष
यमा थप चरणको छलफल गर्ने निष्कर्षमा पुगेको छ,’ समितिको निर्णयमा भनिएको छ ।
यसअघि बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले समितिलाई थप समय दिने निर्णय गरेको छ । विवादको विषयमा दलहरुबीच समाधान गर्न तोकिएको समय शनिबार समाप्त भएको छ ।
संवाद समितिले विवाद र समाधानको विषय पूर्ण बैठकमा विस्तृत विवरण प्रस्तुत गर्ने पनि निर्णय गरेको छ । समितिका सभापति भट्टराईले राज्य पुनर्सरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा दलहरुबीच सहमति जुट्न नसेको जानकारी गराएका थिए । यसअघिको कार्यतालिकामा राजनीतिक दलहरुबीच शनिबार भित्रै विवादका सबै विषयमा समाधान खोज्ने समय तोकिएको थियो । सहमति नभएको विषयलाई पूर्ण बैठकमा लगेर दुई तिहाइ बहुमतको प्रक्रियाबाट टुङ्गो लगाउदै जाने कार्यतालिका रहेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा