प्रमुख राजनीति दलबीच संविधानको अन्तर्वस्तुमा सहमति जुट्न नसक्दा संविधान निर्माणको कार्यताालिका संशोधन हुने भएको छ।
बाबुराम भट्टराई नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शनिबार आफ्नो जिम्मेवारी पुरा गर्न थप केही लाग्ने भन्दै समय माग गर्ने निर्णय गरेको छ । त्यसैले संविधानसभाका आगामी पूर्ण बैठकले कार्यतालिका परिवर्तन गर्न सक्ने छ । 
‘माघ ८ गते संविधानको प्रतिवद्धता व्यक्त गर्दै समिति अहिलेसम्म समाधान हुन नसकेको विष
यमा थप चरणको छलफल गर्ने निष्कर्षमा पुगेको छ,’ समितिको निर्णयमा भनिएको छ ।
यसअघि बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले समितिलाई थप समय दिने निर्णय गरेको छ । विवादको विषयमा दलहरुबीच समाधान गर्न तोकिएको समय शनिबार समाप्त भएको छ ।
संवाद समितिले विवाद र समाधानको विषय पूर्ण बैठकमा विस्तृत विवरण प्रस्तुत गर्ने पनि निर्णय गरेको छ । समितिका सभापति भट्टराईले राज्य पुनर्सरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा दलहरुबीच सहमति जुट्न नसेको जानकारी गराएका थिए । यसअघिको कार्यतालिकामा राजनीतिक दलहरुबीच शनिबार भित्रै विवादका सबै विषयमा समाधान खोज्ने समय तोकिएको थियो । सहमति नभएको विषयलाई पूर्ण बैठकमा लगेर दुई तिहाइ बहुमतको प्रक्रियाबाट टुङ्गो लगाउदै जाने कार्यतालिका रहेको छ ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप