प्रमुख तीन राजनीतिक दलबीच सहमति बन्न नसक्दा एक वर्षभित्र संविधान जारी गर्ने गरि निर्धारण गरिएको कार्यतालिका अलपत्र पर्ने देखिएको छ । दलहरुबीच सहमतिका लागि थप समय प्रदान गर्नका लागि कार्यतालिका परिवर्तन गर्ने कि नगर्ने विषयमा प्रमुख तीन दलबीच विवाद देखिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र एमाले कार्यतालिका अनुसारनै पक्षमा देखिएका छन भने एकीकृत नेकपा माओवादी सहमतिका लागि समय दिनुपर्ने पक्षमा देखिएका छन् । शुक्रबार संविधानको अन्तरबस्तुको बारेमा छलफल गर्न बसेको बैठक कार्यतालिका परिवर्तन गर्ने वा नगर्ने विषयमा अल्झिएपछि विना निष्कर्ष टुङ्गिएको छ । प्रमुख राजनीतिक दलहरुले दोस्रो संविधानसभाको पहिलो बैठक अर्थात २०७० माघ ८ गतेको एक वर्षभित्र संविधान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रमुख दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषया फरक फरक धारणा छ । शुक्रबारको बैठकमा पनि दलहरुले आ–आफ्नो अडान दोहोर्याएका एक नेताले भने ।
कार्य तालिकाअनुसार संविधान निर्माणमा विवादमा रहेका विषयमा सहमति खोज्नका लागि छुट्याइएको छ । भदौ २१ मा डा. बाबुराम भट्टराई नेतृत्वको राजनीति संवाद तथा विवाद समाधान समितिले सहमति भएको वा नभएका विषयमा प्रतिवेदन संविधान सभालाई बुझाउनु पर्ने छ । त्यसपछि संविधानसभाका पूर्ण बैठकमा विवादका विषयमा छलफल गरी दुई तिहाइ बहुमतका आधारमा कुनै पनि विषयको छिनोफानो गरिने छ । सत्तारुढ गठबन्धनको संविधानसभामा करिब दुई तिहाइ सदस्य पुग्छ । संविधान निर्माणका प्रक्रिया बाहिर रहेको नेकपा–माओवादीले भने संविधान निर्माणको जारी प्रक्रियालाई स्थगन गर्ने गरेको छ । बैठकमा एकीकृत माओवादीले पनि वैद्य माओवादीसँग बिहीबार भएको सहमति प्रति इमान्दार हुन पनि जारी प्रक्रिया स्थगित गर्नुपर्ने धारणा राखेको छ । दोस्रो संविधानसभाका निर्वाचन बहिस्कार गरेको वैद्य माओवादीले राष्ट्रिय राजनीतिक सम्मेलन (गोलमेच) गर्न माग गर्दै आए
का छन् । कांग्रेस एमालेले भदाै २७ गते सम्ममा त्यस्तो सम्मेलन गर्ने बताएका छन् भने नेकपा-माओवादीले असोज ४ अघि गर्दा तायारीका लागि समय नपुग्ने बताउँदै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा