लण्डन मेलामा घन्कियो नौमती बाजा

तस्वीर सौजन्य एभरेष्ट गौतम

तस्वीर सौजन्य एभरेष्ट गौतम

लन्डन ।३१ अगस्तको दिन लण्डनको मौसम निकै घमाइलो थियो । लन्डनको ईलिंग बरो काउन्सिलमा पर्ने गनस्बरी पार्कमा सो दिन रमिता हेर्न लगभग ९५ हज़ार मानिस एकत्रित भएका थिए ।लण्डनका करिब ५०/६० समुदायको सहभागिता रहेको सो मेलाको एउटा भिन्न आकर्षण थियो नेपाली नौमती बाजा ।
प्रथम नौमती बाजा गुल्मी युके समूहले त्यहाँ नेपाली मौलिक धुन घन्काउँदा रमितेहरूको ध्यान नखिच्ने कुरै भएन । अरू ब्यान्डभन्दा नौमतीले बढी नै आकर्षण जमाउन सफल भएकोमा समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हँसिलो मुद्रामा भन्दै थिए, -मेलामा लामबद्ध हजारौंले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो ।
मेलामा बेलायतस्थित नेपाली राजदुतावासले नेपालको ब्यापार तथा पर्यटन प्रबर्द्धनका लागि विविध प्रदर्शनी राखेको थियो । मेलामा नेपालीहरुको आकर्षक प्रस्तुतिले गर्दा नै इलिङका मेयर तेज राम बघबाट बेलायतका लागि नेपाली कार्यवाहक राजदुत तेजबहादुर छेत्रीलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रम सफल पार्न युकेस्थित नेप्लिज महिला संघ युकेको पनि सकृय सहभागिता रहेको थियो। त्यसैगरी कोसेली समूहबाट आएका कलाकारहरुले ठेट नेपाली नृत्य प्रदर्शन गरेका थिए ।
यसपालिको लण्डन मेलामा नेपाली समुदाय मौलिक वेशभूषामा र नेपाली झन्डा फर्फराउँदै ठाँटिएर मार्चिङमा सहभागी थियो  ।
प्रथम नौमती बाजा गुल्मी समूह युकेले सन् २०१० देखि सो मेलामा सहभागिता जनाउँदै आएको छ ।

सो समूहमा प्रमुख संयोजक ओमप्रसाद थापा, सदस्यहरूमा ओम बुराथोकी , याम गलामी, लाल काऊचा, तिल थापा, पूर्ण बलाल, तिर्थ साही, राम गलामी, गोपाल थापा, बिर बलाल, तोप पल्ली, बिन भुजेल, भिम थापा, पदम गुरुङ, कुमार राना र प्रकाश थापा छन्। त्यसैगरी नृत्यतर्फ पार्वती थापा, सुबिदा थापा, तारा बलाल, शेषकुमारी पल्ली, शिला साही साथै नानीहरू ओशिन थापा, तिना बलाल, गुना थापा, बिबिका बलाल छन् ।
बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवर्द्धन गरिरहेको समूहले केहीअघि अल्डरसटमा आयोजित भिक्टोरिया डेमा ग्रेटर रशमूर नेपालि कम्युनिटी र नयाँ युवाको साझेदारी सहभागिता जनाएको थियो । त्यसैगरी १२ जुनमा टनब्रीज नेपाली गोर्खा कमिटीसंगको सहकार्यमा मेयर र टनब्रीज लायन्स क्लबले सन्चालन गरेको कार्यक्रममा पनि भाग लिइ नेपालीलाई उच्चसम्मान दिलाउन सफल भएको थियो। गत जुलाई १२ मा हेज हेलीड्गटन गोर्खा नेपाली समाजसंग सहकार्य गरी कार्निभल फ़ेस्टीवलमा करिब ४० समूहलाई उछिन्दै नौमती बाजा सम्मिलित  नेपाली टोलीले प्रथम स्थान हासिल गरेको थियो ।
अहिले समूह नेपालीहरूको महान पर्व दशैँको लागी नेपाली गोर्खा रेजिमेन्टका मन्दिरमा दुर्गामाता पूजाको तयारीमा जुटेको छ। हरेक पटक निःशुल्क सहभागिता जनाइरहेको समूहका प्रमुख थापा भन्छन् – मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु नै हाम्रो आम्दानी हो ।

तस्वीर सौजन्य एभरेष्ट गौतम

तस्वीर सौजन्य एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री