बेलायत । शेर्पा संघ यूकेले बार्षिक समर भेला कार्यक्रम आयोजना गरेको छ ।
हरेक बर्ष बच्चाहरुको स्कुल बिदाको मौका पारेर आयोजना गरिने समर भेला यस वर्ष ३० अगष्ट मा गरिएको थियो ।
भेलामा बेलायतभरि छरिएर रहेका शेर्पाहरुले एक ठाउँमा भेला भएर रमाइलो गर्नुका साथै आ-आफ्नो अनुभव आदान प्रदान गरे ।
कार्यक्रमलाई औपचारिक र साँस्कृतिक गरी दुई भागमा विभाजन गरिएको थियो ।
शेर्पा संघ यूके अध्यक्ष रिन्जी शेर्पाको अध्यक्षतामा संघका महासचिव योन्तेन ग्याछोले पहिलो सत्रको कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका शेर्पा सेवा केन्द्र नेपालका निबर्तमान अध्यक्ष आङ देन्डी शेर्पा र गलैचा महासंघ नेपालको सल्लाहकार रिन्जी शेर्पाको समेत उपस्थिति थियो ।
कार्यक्रम संयोजक नुरी शेर्पाको स्वागत मतव्यबाट शुरु भएको कार्यक्रममा शेर्पा संघ बेलायतका सल्लाहकार आङकाल्जाङ लामा, शेर्पा सेवा केन्द्र नेपालको निबर्तमान अध्यक्ष आङ देन्डी शेर्पा र शेर्पा संघ यूकेका अध्यक्ष रिन्जी शेर्पाले आ-आफ्नो मन्तव्य राखेका थिए भने संस्थाको लागी चार थान नेपाली पोशाक सहयोग गर्नु हुने फुर्बा गर्जा शेर्पा र फुर्लामु शेर्पा, २९ जुन मा शेर्पा संघ यूकेले आयोजना गरेको वाङ समरोहको लागि ९०० पाउण्ड सहयोग गर्नु हुने प्रेम छिरिङ् शेर्पा, जाङमु शेर्पा र धार्मिक बाजागाजा खरिद गर्नको लागि स्पोन्सर गर्नु हुने दानुरी शेर्पा र याङ्जी शेर्पालाई प्रशंसा पत्र बितरण गरिएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष कर्मा छिरिङ् शेर्पा, चांद लामा, लक्ष्मी शेर्पा लच्छु र सा-साना भाइ बहिनीहरु रिन्छेन ग्याल्मु शेर्पा, निम्साङ शेर्पा र लोब्साङ् शेर्पाले गीत गाएका थिए भने डिक्साङ् शेर्पाले नाच प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुको बैठक बसी आउने लोसार कार्यक्रम र संघको आगामी अधिवेशनको बारेमा छलफल गरियो ।
छलफलपछि २१ फेब्रुअरी २०१५ मा लन्डनमा आयोजना गरिने लोसार २०१५ संयोजनको जिम्मा चाँद लामालाई दिइएको छ ।
तेस्तै शेर्पा संघ यूकेको अधिबेशन २२ मार्च २०१५ आइतबार आयोजना गर्ने निर्णय भएको छ भने सल्लाहकार फुर्बा लामा शेर्पाको संयोजकत्वमा सल्लहाकारहरु काजी शेर्पा, आङ कल्जाङ लामा, गोम्बा शेर्पा, डाक्टर ङवाङ शेर्पा, पेम्बा लामा र दावा सोनाम लामा सम्मिलित निर्वाचन समिति गठन गरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा