
लन्डन । कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं बृत्तचित्र बनाउन बेलायतबाट कतार गएका बेला पक्राउ परेका दुई नेपाली सकुसल रहेको पारिवारिक स्रोतले जनाएको छ । विहीबार नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्यहरु पत्रकार गुणदेव घिमिरेको साउथ इष्टस्थित वुलवीच घरमा ऐक्यवद्धता जनाउन पुग्दा उनकी श्रीमति बन्दना घिमिरेले सकुसल रहेको जानकारी दिएकी हुन् ।
पत्रकार फडिन्द्र भट्टराईले पारिवारिक स्रोतलाई उदृत गर्दै भने, ‘परिवारजनले आफ्नै सम्पर्क सुत्र मार्फत सकुसल रहेको जानकारी हामीलाई दिए ।’ स्रोतका अनुसार दुवै जना ‘कतारमा हिरासतमा सकुसल रहेको’ खबर परिवारले पाएका छन् तर, कुन हिरासतमा कहाँ छन र कहिले रिहा गरिने भन्ने जानकारी भने परिवारलाई छैन् । परिवारिक स्रोतले आगामी सोमवारसम्म रिहाई नगरिए बेलायतस्थित कतारी दूतावासमा रिहाईको पहल गर्न जाने बतायो ।
यसअघि नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित कतारका राजदूतलाई शाखा सदस्य घिमिरे र मानवअधिकारकर्मी तथा प्रवासी नेपाली मंच बेलायतसँग आवद्ध कृष्णप्रसाद उपाध्याय कहाँ, कुन अवस्थामा छन् भन्ने बारे गम्भिर चासो व्यक्त गर्दै विज्ञप्ती जारी गरेको थियो । महासंघ यूकेले बेलायतस्थित कतारका राजदूतलाई फ्याक्स मार्फत गम्भिर चासोसहितको पत्र पठाएको थियो ।
मानवअधिकाकर्मी उपाध्याय र टेलिभिजन पत्रकार घिमिरे कतारमा आइतबारदेखि सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा विभिन्न अड्कलवाजी गर्न थालिएको थियो । कतारमा दुवैलाई सादा पोशाकका व्यक्तिले पछ्याएको उनीहरुले केही दिनअघि पारिवारलाई बताएका थिए । त्यस लगत्तै सादा पोशाकका प्रहरीले पक्राउ गरि हिरासतमा राखेको अनुमान गरिएको छ । यद्यपी यो समाचारको औचापरिक रुपमा पुष्टी हुन भने वाँकी छ । सो समाचार बेलायती अखवारले इन्डेपेन्डेन्टले प्रकाशित गरेको थियो ।
यसैवीच, नेपाली टिभी यूके, नमस्ते युरोप टिभी समूह, एनआरएनए यूके, प्रवासी नेपाली मंच यूके लगायतले उनीहरुको स्थिति र सुरक्षा बारेमा गम्भिर चासो व्यक्त गरेका छन् । ति संस्थाहरुले विहीबार विज्ञप्ती जारी गरि उनीहरुको बारेमा चासो व्यक्त गरेका थिए ।
कतारस्थित ग्रयाण्ड हायात होटलमा बसेका उपाध्याय र घिमिरे २७ अगष्टमा दोहा गएका थिए । उपाध्याय आइतवार नर्वे फर्कने तयारीमा थिए भने घिमिरे लन्डन फर्कदै थिए । नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेन्ट (जीएनआडी) का तर्फबाट सन् २०२२ को फिफा वल्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुकाको स्थितिलगायतका बिषयमा बृत्तचित्र बनाउन कतार पुगेका थिए । उनीहरु दुवैसँग बेलायती राहदानी रहेको बताइएको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी