लन्डन । एनजे तेक्वान्दो एकेडेमीले आगामी १३ सेप्टेम्बर शनिवार सिल्भर जुव्ली मनाउने तयारी गरेको छ । सडवरी प्राइमरी स्कुलमा हुने उक्त कार्यक्रममा औपचारिक सत्रबाहेक तेक्वान्दो प्रदर्शनी, नृत्य, पदक वितरण, राफल ड्र आदि गतिविधि हुनेछन् ।
स्मरण रहोस्, एनजे तेक्वान्दो एकेडेमीका हङकङ तथा बेलायतमा कयौं क्लव सञ्चालित छन् भने यसले हजारौं विद्यार्थी जन्माइसकेको छ ।
एकेडेमीका संस्थापक अध्यक्ष एवं सिइओ ग्रयाण्ड मास्टर एन जे गुरुङले त्यसैदिन नोआ आर्क स्पोर्टस् एण्ड सोसियल क्लव स्थापना सहयोगार्थ च्यारिटी लञ्च समेत राखिएको जनाए । करिब दश लाख पाउण्ड बजेट लाग्ने अनुमान गरिएको उक्त क्लव स्थापनापछि तेक्वान्दो खेल विकास र नेपाली खेलाडीलाई थप अवसर एवं प्रोत्साहन हुने अपेक्षा गरिएको छ । ग्रयाण्ड मास्टर एन जे गुरुङले आफ्नो घर खेत बेचेरै भएपनि एक्लैले ५ लाख पाउण्ड लगानी गर्ने र बांकी चन्दादाता एवं शेयरबाट संकलन गर्ने लक्ष्य भएको उल्लेख गरे । गुरुङले क्लवका लागि उपयुक्त लोकेशन र जग्गा खोजी भइरहेको समेत बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित