लन्डन । एनजे तेक्वान्दो एकेडेमीले आगामी १३ सेप्टेम्बर शनिवार सिल्भर जुव्ली मनाउने तयारी गरेको छ । सडवरी प्राइमरी स्कुलमा हुने उक्त कार्यक्रममा औपचारिक सत्रबाहेक तेक्वान्दो प्रदर्शनी, नृत्य, पदक वितरण, राफल ड्र आदि गतिविधि हुनेछन् ।
स्मरण रहोस्, एनजे तेक्वान्दो एकेडेमीका हङकङ तथा बेलायतमा कयौं क्लव सञ्चालित छन् भने यसले हजारौं विद्यार्थी जन्माइसकेको छ ।
एकेडेमीका संस्थापक अध्यक्ष एवं सिइओ ग्रयाण्ड मास्टर एन जे गुरुङले त्यसैदिन नोआ आर्क स्पोर्टस् एण्ड सोसियल क्लव स्थापना सहयोगार्थ च्यारिटी लञ्च समेत राखिएको जनाए । करिब दश लाख पाउण्ड बजेट लाग्ने अनुमान गरिएको उक्त क्लव स्थापनापछि तेक्वान्दो खेल विकास र नेपाली खेलाडीलाई थप अवसर एवं प्रोत्साहन हुने अपेक्षा गरिएको छ । ग्रयाण्ड मास्टर एन जे गुरुङले आफ्नो घर खेत बेचेरै भएपनि एक्लैले ५ लाख पाउण्ड लगानी गर्ने र बांकी चन्दादाता एवं शेयरबाट संकलन गर्ने लक्ष्य भएको उल्लेख गरे । गुरुङले क्लवका लागि उपयुक्त लोकेशन र जग्गा खोजी भइरहेको समेत बताए ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर