लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा खड्का आकर्षणका केन्द्र बने । च्यारिटी र सामाजिक कार्य भनेपछि नाक खुम्च्याउने तन्नेरी समेत उक्त कार्यक्रममा आएर तस्विर खिचाउन व्यस्त थिए ।
च्यारिटी डिनर कार्यक्रम नेपालका खेलाडीहरुको सहयोगार्थ भएको हो । युथ काउन्सिलकी संयोजक श्रद्धा गुरुङले च्यारिटीबाट सातसय पाउण्ड बढि संकलन भएको जनाइन् ।
कार्यक्रम अन्तरक्रियात्मक बनेको थियो, सहभागीले क्रिकेटर पारससंग प्रत्यक्ष जिज्ञासा राखेका थिए । एनआरएनए यूके युथ एड्भाइजर चण्द्रिका गुरुङले सबै सामु अन्तर्वार्ता समेत लिएकी थिइन् । पारसले क्रिकेट खेलमा आफ्नो पाइला कसरी बढ्यो ? अण्डर १५, अण्डर १९ देखि राष्टिय टिम कप्तानसम्म हुन सफल भएकोबारे सहभागीलाई बताए । उनले हालै सम्पन्न विश्व कपमा पुग्न सामना गर्नुपरेको संघर्ष पनि दर्शकलाई सुनाए । स्वदेश तथा विदेशमा रहेका नेपालीले म्याच अवधिभर आफूहरुलाई दिएको माया, हौसला र समर्थनप्रति उनी ज्यादै कृतज्ञ थिए ।
उक्त अवसरमा पारसले विश्व कपमा लगाएको पञ्जा, नेपाल प्रिमियर लिग जर्सी, नेपाल क्रिकेट टिमले यात्रामा लगाएको पोलो टिसर्ट, आइसीसी टेष्ट सिरिज टिसर्ट अक्सनमा राखिएको थियो । च्यारिटीमा युथ काउन्सिल कोअर्डिनेटर श्रद्धा गुरुङले कप्तान पारसलाई मायाको चिनो स्वरुप चांदीको विकेट आकृति प्रदान गरिन् ।
भोलि १५ अगष्ट स्वदेश फर्कन लागेका पारसले लन्डन भ्रमणका क्रममा नेपाली खेलाडी र क्रिकेट खेल विकासका लागि विभिन्न बेलायती क्लव पदाधिकारीसंग भेट गरेका थिए । नेपाल सरकारले गरेन भनेर उसको आलोचना वा मुख मात्र ताक्नु भन्दा आ आफ्नै पहलबाट खेल विकास सम्भव छ भन्ने आत्मविश्वास उनमा छ । खड्काकै पहलमा नेपालका खेलाडीहरुको हित र क्षमता अभिवृद्धिका लागि नेपाल क्रिकेट प्लेयर्स एसोसिएसन दर्ता गर्ने तयारी भइरहेको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?