
लन्डन । एसियन महिला एसोसिएसन (आमा) ले आगामी ७ सेप्टेम्बरमा तीज पार्टी गर्ने भएको छ । आमाले गर्न लागेको यो ९ औं तीज कार्यक्रम हो । सामुल कोडी स्पोर्टस् कलेज हलमा पार्टी हुन लागेको हो ।
कार्यक्रममा रातो पहिरन र गरगहनामा सजिएका दिदीबहिनीहरुले
डिजे टंकका साथ तीज गीतमा नाचगान गर्न पाउनेछन् । डिजे म्यूजिक, स्टेज शो, राफल चिट्ठाबाहेक वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरीका लागि प्रतिष्पर्धा हुने समेत आयोजकले जनाएका छन् । लोकगायिका सिन्धु मल्ल समेत कार्यक्रममा सहभागी हुने निश्चित भएको छ । १५ पाउण्ड शुल्क तोकिएको उक्त पार्टीमा पुरुषलाई भने प्रवेश निषेध हुनेछ ।
महिलाद्धारा महिलाका लागि नारा दिएर सन् २००६ मा स्थापित स्वयंसेवी महिला संगठन आमाले विशेषगरि महिलाहरुको सशक्तिकरण, शिक्षा र अन्य सामाजिक अग्रसरतामा प्राथमिकता दिंदै आएको आमाकी संस्थापक अध्यक्ष माया केसीले जनाइन् ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए