लन्डन । क्रिश्चियन वाहुल्य रहेको बेलायतमा नेपालीले गुम्बा निर्माण गरेका छन् । ब्रिटेनमा दर्ता भएको च्यारिटी संस्था वुद्धिष्ट कम्युनिटी सेन्टर, यूके (बीसीसी, यूके) ले अल्डरसटमा युरोपकै पहिलो वुद्धिष्ट गुम्बा निर्माण गरेको हो । बीसीसीले सन् २०१२ मा ३ लाख ७१ हजार पांचसय पाउण्डमा पुरानो भवन खरिद गरि थप दुई लाख पाउण्ड खर्च गरेर गुम्बाको स्वरुप दिएको यसका अध्यक्ष काजी शेर्पाले जनाए ।
जुलाई दोश्रो साता महायज्ञसहित डिल्गो खेन्त्से रिन्पोचेले गुम्बा औपचारिक उद्घाटन गरेका थिए । करिब तीन सय मानिस अट्ने क्षमता भएको उक्त गुम्बामा ८० लाख नेपाली रुपैंया बराबरका ३१ टन सामान नेपालबाट ल्याइएका छन् । ‘वुद्ध मुर्ति, धार्मिक ग्रन्थ, माने र कर्मकाण्डलाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलव्ध छन्’, अध्यक्ष शेर्पाले कान्तिपुरसंग भने, ‘हामीलाई गुम्बा बनाउन नेपाली वुद्धिष्टले मात्र होइन, स्थानीय ब्रिटिशको पनि उल्लेख्य सहयोग छ ।’ बेलायतमा वुद्धिष्ट नेपाली संख्या वृद्धि भइरहंदा आफ्नो परम्परागत गुम्बाको आवश्यकता महशुस गरि सन् २००७ देखि नै गुम्बा निर्माणका लागि प्रक्रिया बढाइएको शेर्पाले जनाए ।
बौद्धस्थित सेन्चेन गुम्बाबाट ल्याइएका दुई लामाले नियमित पूजा पाठ, प्रवचन र वौद्ध धर्मसंग सम्वन्धित हरेक कर्मकाण्ड गर्छन् ।
अध्यक्ष शेर्पाका अनुसार, गुम्बामा च्याप्लेन्सी तालिम, ध्यान, धार्मिक परामर्श आदिको पनि व्यवस्था छ । वौद्ध गुम्बा भएपनि यो स्थल सबै समुदायलाई प्रयोग गर्न दिने योजना बीसीसीको छ ।
ब्रिटेनमा नेपलिज बुद्धिष्ट करिब ६३ हजार र अन्य समुदायसमेतबाट कुल वुद्धिष्ट धर्मावलम्बी २५ लाख रहेको अनुमान छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा