लन्डन । क्रिश्चियन वाहुल्य रहेको बेलायतमा नेपालीले गुम्बा निर्माण गरेका छन् । ब्रिटेनमा दर्ता भएको च्यारिटी संस्था वुद्धिष्ट कम्युनिटी सेन्टर, यूके (बीसीसी, यूके) ले अल्डरसटमा युरोपकै पहिलो वुद्धिष्ट गुम्बा निर्माण गरेको हो । बीसीसीले सन् २०१२ मा ३ लाख ७१ हजार पांचसय पाउण्डमा पुरानो भवन खरिद गरि थप दुई लाख पाउण्ड खर्च गरेर गुम्बाको स्वरुप दिएको यसका अध्यक्ष काजी शेर्पाले जनाए ।
जुलाई दोश्रो साता महायज्ञसहित डिल्गो खेन्त्से रिन्पोचेले गुम्बा औपचारिक उद्घाटन गरेका थिए । करिब तीन सय मानिस अट्ने क्षमता भएको उक्त गुम्बामा ८० लाख नेपाली रुपैंया बराबरका ३१ टन सामान नेपालबाट ल्याइएका छन् । ‘वुद्ध मुर्ति, धार्मिक ग्रन्थ, माने र कर्मकाण्डलाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलव्ध छन्’, अध्यक्ष शेर्पाले कान्तिपुरसंग भने, ‘हामीलाई गुम्बा बनाउन नेपाली वुद्धिष्टले मात्र होइन, स्थानीय ब्रिटिशको पनि उल्लेख्य सहयोग छ ।’ बेलायतमा वुद्धिष्ट नेपाली संख्या वृद्धि भइरहंदा आफ्नो परम्परागत गुम्बाको आवश्यकता महशुस गरि सन् २००७ देखि नै गुम्बा निर्माणका लागि प्रक्रिया बढाइएको शेर्पाले जनाए ।
बौद्धस्थित सेन्चेन गुम्बाबाट ल्याइएका दुई लामाले नियमित पूजा पाठ, प्रवचन र वौद्ध धर्मसंग सम्वन्धित हरेक कर्मकाण्ड गर्छन् ।
अध्यक्ष शेर्पाका अनुसार, गुम्बामा च्याप्लेन्सी तालिम, ध्यान, धार्मिक परामर्श आदिको पनि व्यवस्था छ । वौद्ध गुम्बा भएपनि यो स्थल सबै समुदायलाई प्रयोग गर्न दिने योजना बीसीसीको छ ।
ब्रिटेनमा नेपलिज बुद्धिष्ट करिब ६३ हजार र अन्य समुदायसमेतबाट कुल वुद्धिष्ट धर्मावलम्बी २५ लाख रहेको अनुमान छ ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते