लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेले सुनकोशी पीडितका लागि सहयोग संकलन गर्ने भएको छ । अघिल्लो साता आएको भिषण पहिरोले सुनकोशी नदी थुनिएर ठूलो जनधनको क्षति भएकामा एसोसिएसन मर्माहत र दुःखी भएको उल्लेख गर्दै अध्यक्ष कृष्ण तिमल्सेनाले सहायता जुटाउन लागिएको जनाए ।
‘अकल्पनीय प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद परिस्थितिमा प्रवासी नेपालीले आफ्नो गच्छे अनुसार मानवीय सहायता गर्नु प्रमुख दायित्व हुने हामीले ठानेका छौं’, तिमल्सेनाको विज्ञप्तिमा उल्लेख छ, ‘सेफ एसोसिएसन सुनकोशी बाढी पीडितकालागि मानवीय सहायता प्रदान गर्ने उद्देश्यले आर्थिक संकलनमा जुटेको अवगत गराउंदै बेलायतवासी सबै नेपालीलाई हाम्रो योजनामा सहयोग गरिदिनु हुन अपिल गर्दछौं ।’
संकलित रकमको पारदर्शीताबारे एसोसिएसन गम्भीर रहने र पछि पत्रपत्रिकामा दुरुस्त विवरण समेत प्रकाशित गरिने समेत तिमल्सेनाले बताए । एसोसिएसनले मृतात्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा सहानुभूतिसहित धैर्यधारण गर्ने शक्ति मिलोस् भनि भगवानसंग प्रार्थना समेत गरेको छ ।
एसोसिएसनले सहयोग गर्न इच्छुकका लागि निम्न बैंक विवरणमा रकम पठाउन वा थप जानकारी भए उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न भनेको छ ।
सहयोगका लागि बैंक विवरणः
NCA, UK
A/C: 31471287
Sort Code: 40-22-30
थप जानकारीका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछः
Dadhi Acharya: 07886197464
Ramchandra Subedi: 07897535224
Khem Dhakal: 07912262300
Mohanlal Oli: 07429849615
Narayan Dhungana: 0742253552
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]