लन्डन । गुल्मी जिल्ला समाज यूकेको आठौं वार्षिक भेटघाट गत आइतबार एसियन कम्युनिटी हल, प्लमस्टिडमा सम्पन्न भएको छ । अपेक्षा गरिए भन्दा बढि करिब नौसय उपस्थित भएपछि कार्यक्रम स्थल छिचोलिनसक्नु थियो ।
समाजका सचिव शिव भण्डारीले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले गुल्मी समाजले आफ्नो जिल्लामा गरेको सामाजिक काम उदाहरणीय भएको भन्दै प्रशंसा गरे ।
समाजका अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य दिंदै उपाध्यक्ष केशव भण्डारीले समाजले हालसम्म सवा करोड रुपैयां जिल्लामा खर्च गरिसकेको उल्लेख गरे । महासचिव राम गलामीले कार्यक्रमको रुपरेखा प्रस्तुत गर्दै हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । संस्थापक अध्यक्ष ओमप्रसाद थापाले समाजलाई यहां सम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । एनआरएनए यूके अध्यक्ष योगेन क्षेत्रीले गुल्मी जिल्ला समाजले जिल्लामा उदाहरणीय काम गरेकामा प्रशंसा गर्दै अन्य संघसंस्थालाई पनि त्यस्तै प्रभावकारी काम गर्न आग्रह गरे ।
उक्त अवसरमा उपाध्यक्ष विनोद ज्ञवालीले धन्यवाद मन्तव्य दिए भने अर्का उपाध्यक्ष ओम गुरुङले राफल चिट्ठा सञ्चालन गरेका थिए ।
समाजका सल्लाहकार बालजंग अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा नेपालबाट आएका लोकप्रिय लोकगायक पशुपति शर्मा र गायिका जमुना सनम आकर्षणको केन्द्रमा रहे । शर्माले आफ्ना पुराना तथा नयां चर्चित दर्जनौं गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको नेतृत्वमा प्रथम नौमति बाजाको धुन पनि सबैको नजरमा पर्यो । आकर्षक नृत्य, कविता वाचन र पञ्चे बाजाको धुनमा भजन टुक्का पनि भएको थियो । सांस्कृतिक कार्यक्रममा विवेक श्रेष्ठ, सुजन पराजुली र दीपक थापाले पनि गाएका थिए । पशुपति शर्मा र गायिका सनमलाई प्रमुख अतिथी क्षेत्रीले समाजका तर्फबाट सम्मान गरे ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सञ्चालन समाजका मिडिया सेक्रेटरी फणिन्द्र भट्टराई र प्रसुना कंडेलले गरेका थिए ।
सन् २००७ मा स्थापित संस्थाले विशेषगरि स्वास्थ्य, शिक्षा र आपतविपतका बेला निरन्तर सहयोग प्रदान गरिरहेको छ । उसले हालसम्म तीनवटा एम्बुलेन्स् गाउंमा पठाइसकेको छ ।
तस्विरः एभरेष्ट गौतम
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान