नेपाली मेलालाई दूतावासले सहयोग गर्ने

10369908_877485348946270_7099724717404150603_n
लन्डन । आगामी अगष्ट २४ दिउसो केम्पटन पार्क रेस कोर्स स्टेडियम, लन्डनमा हुन गइरहेको छैटौं नेपाली मेलाबारे आयोजक तमुधि यूकेले बेलायतस्थित अन्य नेपाली संघसंस्था र नेपाली दूतावास पदाधिकारीबीच छलफल गरेको छ ।

छलफलमा मेला संयोजक तथा तमुधि यूके उपाध्यक्ष ज्ञाम गुरुङले मेला तयारीबारे जानकारी दिंदै संस्थाको उद्देश्यबारे प्रष्ट्याएका थिए । अध्यक्ष कमल गुरुङले बेलायतवासी नेपालीहरुको पहिचान, इज्जत र गौरवको विषय भएको उल्लेख 
गर्दै मेलालाई सहयोग गर्न दूतावाससमक्ष आग्रह गरेका थिए ।
प्रतिउत्तरमा कार्यवहाक राजदूत तेजबहदुर क्षेत्रीले नेपाली मेलालाई दूतावासले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । साथै उनले विदेशी कुटनीतिज्ञ र अन्य बेलायतीलाई नेपाली मेलामा ल्याउन पहल गर्ने प्रतिवद्धता समेत जनाएको संयोजक गुरुङले जनाए ।

संस्थाका महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेको उक्त छलफलका सहभागीले नेपाली मेला समस्त नेपालीहरुको मेला भएकाले यसको निरन्तरतामा जोड दिंदै सबैको सहयोग आवश्यक रहेको धारणा राखेका थिए । कतिपयले नेपाली मेलामा भएका विगतका कमी कमजोरी उल्लेख गर्दै यसपटक सुधार गर्न पनि सुझाएका छन् ।

छलफलमा दूतावासका तर्फबाट कार्यवहाक राजदूत क्षेत्री, मिलिटरी अट्याची विश्वनाथ घिमिरे, थर्ड सेक्रेटरी सूर्य थापा र बाबुकाजी डंगोल थिए भने तमुधि यूकेका तर्फबाट मेला संयोजक ज्ञाम गुरुङ, अध्यक्ष कमल गुरुङ, संस्थाका पूर्व अध्यक्षहरु मिनप्रसाद गुरुङ, सुवसिं गुरुङ, मुछेत्र गुरुङ, सल्लाहकार ले. नारायण गुरुङ विइएम, विजय गुरुङ, नरजंग गुरुङ, धनबहादुर गुरुङ, इकाइ अध्यक्षहरु जुमकाजी गुरुङ, जगत गुरुङ, एनआरएनए यूके उपाध्यक्ष श्रीमति शान्ति कुवंर, यति अध्यक्ष उमेश मोक्तान, नेपलिज उमन एसोसिएसन यूकेकी अध्यष्क्ष आरती श्रेष्ठ, गायिका सितु खरेल, पुन समाज यूकेका शेर पुन, गोर्खा जिल्ला समाजका उपाध्यक्ष कर्ण दर्लामी, सोंपाल समाज यूकेका विजय गुरुङ, घान्द्रुक वेलफेयर समाज यूके अध्यक्ष खेम गुरुङ, पुन मगर समाज यूकेका तेजबहादुर राम्जाली, वुद्धिष्ट कम्युनिटी सेन्टरका उपाध्यक्ष नारायण गुरुङ लगायत पत्रकारहरु सहभागी थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री