लन्डन । तमु समाज यूकेले आफ्नो महत्वकांक्षी रिक्रेशन भवन खरिदका लागि गत शनिवार च्यारिटी डिनर कार्यक्रम गरेको छ ।
लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजित उक्त कार्यक्रममा सयौं उपस्थित भए । माओवादीका सचिव एवं पूर्व मन्त्री देव गुरुङको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा तमु समाज यूकेका सल्लाहकार अर्जुन कुमार गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । कार्यक्रमको प्रारम्भमा बेलायती र नेपाली राष्टिय गान बजाइएको थियो ।
स्वागत मन्तव्य दिंदै तमु समाज यूकेका अध्यक्ष शिवशरण गुरुङले समाजले रिक्रेशन भवन खरिद गर्ने आफ्नो महत्वकांक्षी योजना केही वर्ष अघि नै सारेको जनाउंदै बेलायतस्थित धेरै समाजसेवीहरुको निस्वार्थ आर्थिक सहयोग र सद्भाव बाबजुद पनि विभिन्न उतारचढाव र समयाभावले गर्दा उक्त योजनालाई अलिक मुर्तरुप दिन असमर्थ भइरहेका बेला अब पूर्व घोषित उक्त योजना सार्थक तुल्याउने जिम्मेवारी आफूहरुको कांधमा आइपुगेको जनाए । अध्यक्ष गुरुङले तमु समाज यूके च्यारिटीमा दर्ता भएको संस्था भएकाले सहयोग रकम दुरुस्त र पारदर्शी ढंगले सदुपयोग हुने कुरामा विश्वस्त दिलाए । उनले सबैको उत्साहजनक सहभागिता, समर्पण, सहयोग र सद्भाव भए यस महत्वकांक्षी योजनालाई छिट्टै सम्पन्न गर्न सकिने विश्वास समेत व्यक्त गरे । गैर नाफामुलक च्यारिटेवल यस संस्थाले जातीयताको आधारमा मात्र होइन, बेलायतवासी समस्त नेपालीका हरेक समस्यामा साथ दिंदै आएको उनको भनाइ थियो ।
शुभकामना मन्तव्यका क्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार चित्रबहादुर गुरुङले भवन खरिदले तमुहरुको मृत्युपछि गर्नुपर्ने धार्मिक कर्मकाण्ड सहज रुपमा गर्न पाइने, अर्घौं वा पितृ कार्य गर्न पर्याप्त ठाउं उपलव्ध हुने, बेलायत सरकारले आवासीय अधिकार प्रदान गरेसंगै धेरै भूपू गोर्खा र वृद्धवृद्धाहरुको आगमन बढिरहंदा उनीहरुलाई आफ्ना दौंतरीहरुसंग फुर्सदिलो समय बिताउने एउटा राम्रो थलो बन्ने, हामी नेपाली र गुरुङ भएको हुंदा भावी सन्ततिलाई नेपाली भाषा र गुरुङ भाषाको ज्ञान दिने एउटा भरपर्दो केन्द्र बन्ने, समाज वा अन्य विभिन्न संघसंस्थाको आफ्नो बैठक सम्पन्न गर्न अन्यत्र भौंतारिरहन नपर्ने, युवा पुस्तालाई आफ्नो लोकसंस्कृति, ज्ञानगुनबारे जानकारी र कुलतमा नलाग्न प्रेरित गर्ने खालका विभिन्न कक्षा सञ्चालन गर्न सकिने, सुस्वास्थ र दीर्घजीवनका लागि आवश्यक योगा वा फिटनेश सुविधा प्राप्त हुने, अंग्रेजी बोल्न नजान्ने वृद्धवृद्धाहरुका लागि अंग्रेजी कक्षा सञ्चालन गर्न सकिने, उक्त भवन भाडामा दिएर संस्थाको आर्थिक कोष वृद्धि गर्न सकिने एवं बेलायतमा नेपालीको बेग्लै पहिचान स्थापित हुन सघाउने जस्ता फाइदा उल्लेख गरेका थिए ।
इभेन्ट एवं प्रोजेक्ट कोअर्डिनेटर सुवसिं गुरुङले सहयोग दाताप्रति धन्यवाद दिएका थिए ।
महासचिव रामचन्द्र गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सहयोगदाता र प्रायोजकहरुलाई खादा र ताम्रपत्रले सम्मान गरिएको थियो । विभिन्न नाचगान समेत भएको उक्त च्यारिटीमा डान्सर रश्मी पोख्रेलको आकर्षक नृत्यले धेरैको मन जित्यो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा