लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षीत गरी पत्रकारिता तालिम सम्पन्न भएको छ ।
आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित सो एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर खटिएका थिए । उनलाई नेपालीसमाचारडटकमका सम्पादक विश्वासदीप तिगेलाले सघाएका थिए ।
तालिममा आसफोर्ड र फोल्कस्टोन क्षेत्रमा बसोबासरत मिडियाप्रति रूचि राख्ने विभिन्न उमेर समूहका करिब २० जना प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षणमा समाचारको परिभाषा, समाचारको स्रोतहरु, समाचारका प्रकार, समाचारको अंग, समाचार लेख्ने तरिका, समाचारका भाषा आदि विषय समेटिएको थियो ।
प्रशिक्षणपछि सहभागी जानुका राईले प्रशिक्षण आप्mनो लागि अत्यन्त लाभदायक भएको बताउँदै थप तालिम लिन मन लागेको प्रतिक्रिया दिइन् । अर्का प्रशिक्षार्थी विजय हितानले एक दिने प्रशिक्षण छोटो भएकाले अर्कोपटक अलि लामो प्रशिक्षण राख्न सुझाव दिए ।
प्रशिक्षणको स्थानीय संयोजन सहआयोजक नेपाली समाचार डटकमले गरेको थियो भने संघीय डटकम र नयाँ सन्देश साप्ताहिकले तालिमकोे समन्वय गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा