लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षीत गरी पत्रकारिता तालिम सम्पन्न भएको छ ।
आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित सो एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर खटिएका थिए । उनलाई नेपालीसमाचारडटकमका सम्पादक विश्वासदीप तिगेलाले सघाएका थिए ।
तालिममा आसफोर्ड र फोल्कस्टोन क्षेत्रमा बसोबासरत मिडियाप्रति रूचि राख्ने विभिन्न उमेर समूहका करिब २० जना प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षणमा समाचारको परिभाषा, समाचारको स्रोतहरु, समाचारका प्रकार, समाचारको अंग, समाचार लेख्ने तरिका, समाचारका भाषा आदि विषय समेटिएको थियो ।
प्रशिक्षणपछि सहभागी जानुका राईले प्रशिक्षण आप्mनो लागि अत्यन्त लाभदायक भएको बताउँदै थप तालिम लिन मन लागेको प्रतिक्रिया दिइन् । अर्का प्रशिक्षार्थी विजय हितानले एक दिने प्रशिक्षण छोटो भएकाले अर्कोपटक अलि लामो प्रशिक्षण राख्न सुझाव दिए ।
प्रशिक्षणको स्थानीय संयोजन सहआयोजक नेपाली समाचार डटकमले गरेको थियो भने संघीय डटकम र नयाँ सन्देश साप्ताहिकले तालिमकोे समन्वय गरेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन