लन्डन । बेलायतको स्थानीय राजनीतिमा नेपालीहरुको पनि उपस्थिति बाक्लिंदै गएको छ । पछिल्लोपटक लन्डन बरो अफ हङ्स्लो अन्तर्गत होनवर्थ वडामा भूपू गोर्खा विष्णु गुरुङ काउन्सिलर पदमा विजयी भएका छन् ।
लेवोर पार्टीका तर्फबाट उनले एकहजार एकसय ७० मत ल्याएर काउन्सिलर पद जितेका हुन् ।
२२ मेमा सम्पन्न स्थानीय निर्वाचनमा लेवोरबाट तीन, कन्जरभेटिभ तीन, यूकिप तीन र एक स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा थिए । तीनजना विजयी मध्ये उनी दोश्रो स्थानमा आए ।
अब पार्टीको निर्देशन अनुसार स्थानीय समुदायको हितमा काम गर्ने उनको अठोट छ । भूपू गोर्खा भएका नाताले गोर्खा मुद्दामा सम्भव भएसम्म सहयोग गर्ने उनले जनाए ।
सन् २००६ अन्तिमदेखि लेवोर पार्टीसंग निकट भएका गुरुङ सन् २००९ यता गोर्खा नेपाली कम्युनिटी हङ्स्लोको अध्यक्ष समेत छन् । यही संस्थामा सक्रिय भएर राजनीतिमा स्थानीय वासिन्दासंग हिमचिम र उनीहरुको विश्वास जितेको उनले बताए । हङ्स्लो कम्युनिटी नेटवर्कको वोर्ड सदस्यमा उनको संस्था पनि छ ।
ब्रिटिश आर्मीमा १९ वर्ष सेवा गरि अवकास प्राप्त उनी गोर्खा सौरपानी गाविस, ६ फुन्चोकका स्थानीय वासिन्दा हुन् । समाजसेवी बाबा धन बहादुर तामाङको प्रेरणाले समाजसेवामा आफू आकर्षित भएको उनले जनाए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन