लण्डन । प्रवासी नेपाली मंच बेलायतले एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई बेलायतमा सम्झना गरेको छ ।
तत्कालिन महासचिव भण्डारी र आश्रितको सम्झानामा १७ मे अर्थात जेष्ठ ३ गते २१ आंै बर्षका सन्दर्भमा सम्झना स्वरुप स्मृति सभा लण्डनस्थित ह्यारोमा गरिएको हो । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ संरचनामा लग्दै जनताको बहुदलीय जनवादको नयाँ विचार तत्कालिन महासचिव भण्डारीले प्रतिपादन गरेका थिए । हाल एमालेमा जवजलाई समय सापेक्ष परिवर्तन गर्ने कि जस्ताकै तस्तै कार्यान्वयन गर्दै जाने भन्ने बहस चलिरहेकै छ ।
प्रवासी नेपाली मंचका अध्यक्ष रामशरण सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा एक मिनेट मौनधारण गरि दिवगत नेताहरुको फोटोमा माल्यार्पण गरिएको थियो ।
मंचका महासचिव तुङ्गभद्र भुसालले संचालन गरेका कार्यक्रममा मंच सल्लाहकार समितिका अध्यक्ष अच्चुत गौतमले वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद र हाम्रो भुमिका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जवजलाई समृद्ध बनाउदै एमालेले आर्थिक क्रान्तिको नेतृत्व गर्नु पर्नेमा जोड दिए ।
कार्यपत्र माथि मंचका सल्लाहकार भक्त गुरुङ र कृष्ण उपाध्यायले टिप्पणी गरेका थिए । तत्कालिन महासचिव स्वर्गीय भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको निवर्तमान अध्यक्ष दिनेश घिमिरे, सस्थापक अध्यक्ष आङ कल्जङ लामा, निवर्तमान महासचिव राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति बेलायत प्रतिनिधि विजन भट्टलगायतले चर्चा गरे । साथै, उनीहरुले नेपाललाई विकास र समृद्धिमा लैजान जवजले सहायक भुमिका खेल्ने आशा व्यक्त गरे ।
नर्थ वेस्ट इलाका अध्यक्ष बसन्त नेपालले स्वागत भाषण र मंचका उपाध्यक्ष रामजी बरालले धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष सिखडाले कार्यक्रमका समापन गरेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन