लण्डन । काँधमा एउटा झोला, हातमा केही थान पम्पलेट र २ उम्मेदवारसहित केही स्वयंसेवक लिएर स्ट्रिटमा हिंड्दै थिए उनी । चर्को घाम, त्यो पनि समय लिएर आफ्ना पार्टीका सदस्य र स्वतन्त्र स्थानीय मतदाता नामावलीसहित ।
फरक देश फरक राजनीति अनुसार समय लिएर घरघरको ढोका ढकढक्याउंदै थिए ह्यारो काउन्सिलमा काउन्सिलर पदका उम्मेदवार राजेन्द्र पुडासैनी । ‘नेपाल र बेलायतको राजनीति आकास जमिनको फरक छ, त्यो अनुसार नै राजनीतिक गतिविधि बढाइरहेको छु’ वी नेपाली डट कम टिम देख्ने बित्तिकै उनले प्रष्ट्याए । बेलायतमा एक दशकदेखि जागिर, घरपरिवार र राजनीतिसंगै लिएर हिंडेका पुडासैनीको सक्रियता केही समययता राजनीतिमा समेत ह्वात्तै बढेको छ । त्यो पनि नेपालीकै हितका लागि । अब उनलाई समाजसेवीका रुपमा मात्र हेरे अन्याय हुनेछ ।
बेलायती परिवेशमा नेपालीले जागिर र सामाजिक सुरक्षाका क्षेत्रमा भोग्नु परेका दुःखले उनलाई ट्रेड युनियन क्षेत्रबाटै राजनीतिमा तान्यो । ‘भाषा, मिहनेती स्वभाव, इमान्दार र कम बोल्ने कारण नेपालीले विभिन्न क्षेत्रमा भोग्नु परेका कठिनाई चिर्नु नै मेरो राजनीतिक यात्रा बन्यो’ ।
ह्यारो अन द हिल काउन्सिलबाट काउन्सिलर पदका उम्मेदवार बनेका पुडासैनीले आफ्नो उम्मेदवारी बारेमा खुलाउंदै भने, ‘बेलायत सरकारले दिने सुविधा लिन भोग्नु परेका अप्ठ्यारा र ट्रेड युनियनमा आवद्ध नहुंदा नेपालीले बेलायतमा भोग्नु परेका कठिनाईको गाठो फुकाई नेपाली भाषा र भाषीलाई संरक्षण गर्नु नै मेरो प्रमुख कर्तव्य हुनेछ ।’
ह्यारो निवासी नेपालीको सहयोग र साथ पाए निर्वाचित हुनेमा उनी ढुक्क छन् । उनले अगाडि थपे, ‘साथीहरुको सहयोग पाए मैले नेपालीका लागि गर्न सक्ने ठाउँ धेरै थियो ।’ उनले आगामी २२ मे मा हुने स्थानीय निर्वाचनमा आफूलाई सघाउन बेलायतवासीलाई आग्रह गरेका छन् । विशेषगरी ह्यारो निवासीलाई सहयोग अपिल गर्दै भनेका छन्, ‘तपाईहरु एक दिन बिदा लिएर २२ मे मा आउनुहोस्, बढि भन्दा बढि मानिसलाई हाम्रो पक्षमा भोट खसाल्न मद्दत गर्नुहोस् ।’
मुख्यगरी ह्यारोमा धनी र गरिवबीच नै प्रतिस्पर्धा रहने अनुमान उनको छ । उनीसंगै ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तिमध्ये पुडासैनीको वडाबाट तीनजना निर्वाचित भई काउन्सिलमा जानेछन् । हाल ह्यारो काउन्सिल कन्जरभेटिभको नेतृत्वमा छ ।
नेपालमा विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहेका नुवाकोट निवासी पुडासैनी बेलायतमा नेपालीको संस्था यतीको सदस्य र दुई पटक महासचिवसम्म भए । त्यसबाहेक एनडिएफ बेलायत महासचिव भइसकेका पुडासैनी एनएचएसमा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन