दाङ्ग चौघेरास्थित श्री गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको सहयोगार्थ आइतबार मध्य लण्डनमा पदयात्रा सम्पन्न भयो ।
झन्डै २५ जना सहभागीहरुले प्रसिद्ध ट्राफलगर स्क्वायरदेखि एम्ब्याङ्कमेन्ट, साउथ ब्याङ्क, लण्डन ब्रिज, टावर ब्रिज हुँदै लन्डन आई नजीकै रहेको जुब्ली गार्डेन सम्म झन्डै दुई घण्टा पदयात्रा गरेका थिए।
पदयात्राको समापनमा बोल्दै बीबीसी नेपाली सेवाका पूर्व प्रमुख तथा नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष खगेन्द्र नेपालीले यो बाटो आफु निकै पटक हिंडेको तर एउटा सामाजिक कामको लागि सामूहिक यात्रा गर्न पाउदा निकै खुसी लागेको बताउनु भयो। उहाँले बेलायतमा रहेको नेपाली समुदायले गरेको सानो सहयोग पनि नेपालमा निकै महत्वपूर्ण हुने भएकाले यस्ता रचनात्मक काममा सघाउन सबैलाई आग्रह पनि गर्नुभयो।
हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार तथा विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चीरन्जीवी ढकालले दाङगको विद्यालयका लागि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो। उहाँले आफ्नी श्रीमती निर्मला ढकालले जस्टगिभिङ पेज खोली थालेको सहयोग संकलन अभियानमा सघाउने सबैलाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्तै रचनात्मक कामहरुमा हातेमालो गरी अगाडि बढ्न सबैलाई आह्वान पनि गर्नुभयो।
आफ्नो मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ युके शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगी मगरले विद्यालयलाई सहयोग जस्तो पुनित काममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सामाजिक कार्यमा सक्दो सघाउने नेपाली प्रवृत्तिको सराहना गर्नु भयो। उहाँले यस्ता कल्याणकारी कामका समाचारहरुलाई अग्र स्थान दिएर मिडियाले पनि सहयोगी भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिनुभयो।
सो अवसरमा सहभागीहरुले गीत, कविता, मुक्तक वाचन गर्नुका साथै जोक्सहरु पनि सुनाएका थिए।
हेल्प नेपाल नेटवर्क युकेका सदस्य तथा बीबीसी नेपाली सेवा सम्बद्ध पत्रकार भगीरथ योगीले उक्त विद्यालयकालागि अहिलेसम्म झण्डै तीन लाख सहयोग जुटीसकेको जानकारी दिनुभयो। उहाँले विद्यालयलाई सहयोग गर्नुहुने सबै शुभचिन्तक तथा पदयात्रामा सहभागी सबै मित्र तथा अग्रजहरुलाई हार्दिक धन्यवाद पनि दिनु भयो। उहाँले उक्त विद्यालयका लागि झन्डै तीन हजार पाउण्ड उठाउने लक्ष्य राखिएकाले इच्छुक सहयोगदाताहरुलाई www.justgiving.com/bhagirath-yogi1 मा गएर सहयोग गर्न पनि अनुरोध गर्नुभयो।
संकलित सबै रकम हेल्प नेपाल नेटवर्क युके मार्फत उक्त विद्यालयमा कक्षा कोठा निर्माण गर्न उपलब्ध गराइने छ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला