इन्टरनेशनल स्टुडेन्ट्स अफिसर भए श्रेय

shreya poudel

लन्डन । बेलायतस्थित मिडलसेक्स् युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी श्रेय पौडेलले नेशनल युनियन अफ स्टुडेन्ट्स (एनयुएस यूके) को इन्टरनेशनल स्टुडेन्ट्स अफिसर पद जितेका छन् । हालै सम्पन्न एनयुएस इन्टरनेशनल स्टुडेन्ट्स कन्फरेन्सका अवसरमा भएको निर्वाचनमा पौडेलले उक्त पद जितेका हुन् ।

सेफिल्ड युनिभर्सिटीमा अध्ययनरत जर्मन विद्यार्थी र लन्डन मेट युनिभर्सिटीमा अध्ययनरत बंगलादेशी विद्यार्थीलाई पराजित गरेर पौडेल तलव पाउने गरि फुल टाइम अफिसर भए । आउंदो जुलाई देखि औपचारिक रुपमा ग्रहण गर्ने यो जिम्मेवारीसंगै पौडेलले अब ६ लाख अन्तर्राष्टिय विद्यार्थीको प्रतिनिधित्व गर्नेछन् । यसअघि मिडलसेक्स् युनिभर्सिटीका विद्यार्थी युनियन अध्यक्ष पौडेलले राष्टिय स्तरमा विद्यार्थीका समस्या लिएर प्रस्तुत हुने अठोट लिएका छन् । पौडेलले अबको एक वर्ष फुल टाइम विद्यार्थी अभियानमा लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री