लन्डन । बेलायतस्थित मिडलसेक्स् युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी श्रेय पौडेलले नेशनल युनियन अफ स्टुडेन्ट्स (एनयुएस यूके) को इन्टरनेशनल स्टुडेन्ट्स अफिसर पद जितेका छन् । हालै सम्पन्न एनयुएस इन्टरनेशनल स्टुडेन्ट्स कन्फरेन्सका अवसरमा भएको निर्वाचनमा पौडेलले उक्त पद जितेका हुन् ।
सेफिल्ड युनिभर्सिटीमा अध्ययनरत जर्मन विद्यार्थी र लन्डन मेट युनिभर्सिटीमा अध्ययनरत बंगलादेशी विद्यार्थीलाई पराजित गरेर पौडेल तलव पाउने गरि फुल टाइम अफिसर भए । आउंदो जुलाई देखि औपचारिक रुपमा ग्रहण गर्ने यो जिम्मेवारीसंगै पौडेलले अब ६ लाख अन्तर्राष्टिय विद्यार्थीको प्रतिनिधित्व गर्नेछन् । यसअघि मिडलसेक्स् युनिभर्सिटीका विद्यार्थी युनियन अध्यक्ष पौडेलले राष्टिय स्तरमा विद्यार्थीका समस्या लिएर प्रस्तुत हुने अठोट लिएका छन् । पौडेलले अबको एक वर्ष फुल टाइम विद्यार्थी अभियानमा लाग्ने बताए ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला