लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कप १२ हजार भन्दा बढिले अवलोकन गरे । आइतबार अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा भएको १२ औं ९ ए साइड फुटबल प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शक भीडले मैदान र अल्डरसट टाउन नेपालीमय बन्यो । सडक, रेष्टुरेन्टमा नेपाली भन्दा अरु अनुहार देखिएन । तन्नेरीलाई यो ‘डेटिङ स्पट’ बनिरहेको थियो । मानिसहरु कोसौं टाढाबाट बस नै रिजर्भ गरेर खेल हेर्न ओइरिएका थिए ।
‘ह्याम्सायर काउन्टी काउन्सिलले त मे २५ लाई वार्षिक क्यालेन्डरमै राखेको छ’, आयोजक तमुधिं यूके अध्यक्ष कमल गुरुङले भने, ‘अब केही वर्षमै गोर्खा कपलाई अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउने हाम्रो लक्ष्य छ ।’ यसपटक पोर्चुगल र बेल्जियमबाट पनि खेलाडी सहभागी थिए । १२ हजार भन्दा बढिले गोर्खा कप अवलोकन गरेको जनाउंदै अध्यक्ष गुरुङले खेल सम्पन्न गर्न करिब ४० हजार पाउण्ड लागेको जनाए ।
तमुधिंले वर्षैपिच्छे नेपाली समुदायलाई एकै ठाउंमा एकत्रित गरेकामा प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर टेरी ब्रिजम्यान पनि दंग थिए । ‘म गोर्खा कपबाट धेरै खुशी हुन्छु’, मेयर ब्रिजम्यानले भने ।
ननभेट्रान ४० र भेट्रान ८ गरि ४८ टिम सहभागी गोर्खा कपमा यस वर्ष नन भेट्रानतर्फ तोङ्वा एफसीले दुई गोल गरि प्रथम उपाधि जित्यो भने सहारा यूके रनर अप भयो । वेष्ट प्लेयर तोङ्वा एफसीका अर्पन गुरुङ र टप स्कोरर वुद्ध गुरुङ भए ।
भेट्रानतर्फ धरान समाज यूकेले यसपटकसहित तीन वर्ष लगातार प्रतियोगिता जितेर उपाधि र नगद पांचसय आफ्नो पोल्टामा सुरक्षित गरेको छ । भेट्रानतर्फ वेष्ट प्लेयर धरान समाज यूकेका सूर्यविक्रम राई र टप स्कोरर पदम लिम्बु भए ।
प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर टेरी ब्रिजम्यान, विशेष अतिथि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, आयोजक तमुधिं यूके अध्यक्ष कमल गुरुङ र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले विजेतालाई संयुक्त रुपमा उपाधि प्रदान गरे ।
मन्तव्यका क्रममा कार्यवहाक राजदूत क्षेत्रीले बेलायतीसंग नेपाली समुदायको समायोजनमा यस्ता गतिविधिले सघाउने बताए । तमुधिं यूके अध्यक्ष गुरुङले छरिएका नेपालीलाई एकै थलोमा जमघट र नेपाली कला संस्कृति संरक्षण गर्नु गोर्खा कपको उद्देश्य रहेको जनाउंदै सहभागी खेलाडी, कोच, दर्शक, स्वयंसेवी लगायत सबैमा धन्यवाद व्यक्त गरे ।
ब्रिगेड व्याण्ड अफ गोर्खाज्को प्रस्तुति र खुकुरी नृत्य गोर्खा कपका आकर्षण थिए । तमुधिं यूकेले गोर्खा वेलफेयर ट्रष्ट र क्यान्सर रिसर्च यूकेलाई पांच, पांच सय पाउण्ड सहयोग समेत गरेको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला